धरान — सुनसरीको इनरुवा नगरपालिका-१ का एक जना कोरोना संक्रमित पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।
कात्तिक ३ गते कोरोना पुष्टि भएका इनरुवाका ८३ वर्षीय पुरुषको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोगी ती पुरुषलाई कोरोना संक्रमण पुष्टि भएकै दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
