मेची प्रादेशिक अस्पतालको आइसोलेसनबाट १७ जना कोरोना संक्रमित डिस्चार्ज

श्रावण ३०, २०७७

पर्वत पोर्तेल

काँकडभिट्टा — भद्रपुरको मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका १७ जना कोरोना संक्रमित शुक्रबार निको भएर घर फर्किएका छन् । 

निको भएर घर फर्किनेहरुमा ३ जना इलामका र १४ जना झापाका विभिन्न पालिकाका संक्रमित रहेको मेची प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए । जिल्लामै एउटा मात्रै आइसोलेसन २२ शय्याको छ । संक्रमित बढ्दै गएपछि अस्पतालको आइसोलेसन पर्याप्त छैन । त्यही भएर कतिपय पालिकाहरुले क्वारेन्टाइनलाई नै आइसोलेसनको रुपमा प्रयोग गर्दै आएका छन् । 

मेचीनगर–११ को धाइजनमा रहेको क्वारेन्टाइनलाई हालै आइसोलेसन बनाइएको थियो । यहाँ लक्षणरहित संक्रमितहरुलाई मात्रै राखिएको मेचीनगरका स्वास्थ्य शाखाले जनाएको छ । झापामा संक्रमितको संख्या ४ सय नाघेको छ ।

कोरोना भाइरस

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully