काठमाडौंमा ठाउँ–ठाउँका बजार बन्द [तस्बिरहरू]

श्रावण ३०, २०७७

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं उपत्यकामा काेराेना संक्रमित भेटिएका स्थानहरू सिल गर्ने र बजार क्षेत्र बन्द गर्न थालिएकाे छ । न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि शुक्रबारबाट विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको छ । विशालबजारका एक जना व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्रहरू बन्द गराएकाे हो ।

यसैगरी काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि कलंकी वडा नम्बर १४ का पसलहरू र कुलेश्रवरकाे फलफूल बजार पनि बन्द गरिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा बिहीबार मात्रै १११ जनामा काेराेना संक्रमण भेटिएकाे पुष्टि गरेकाे थियाे ।

कोरोना भाइरस

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

तस्बिर

Link copied successfully