कोशीका सरकारी अस्पताल नै 'बिरामी' : कतै ‘रेफर सेन्टर’, कतै हेलिकोप्टर उद्धारको भर

कोशी प्रदेशका सरकारी अस्पतालहरूमा कतै भौतिक पूर्वाधारको अभाव छ, कतै दक्ष जनशक्ति र उपकरणको व्यवस्थापनमा समस्या। राज्यको लगानी निरन्तर रहे पनि स्थानीयले समस्याग्रस्त अस्पतालबाट गुणस्तरीय सेवा पाउन सकिरहेका छैनन्।

मंसिर ८, २०८२

इकान्तिपुर टिम

Koshi's government hospitals are 'patients': Some rely on 'referral centers', others rely on helicopter rescue

What you should know

काठमाडौँ — कोशी प्रदेशमा पछिल्लो समय सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नति र निजी अस्पताल खुल्ने क्रम बढ्दो छ। प्रदेश सरकार र स्थानीय तहहरूले आ-आफ्नै लगानीमा जिल्ला र पालिका तहमा अस्पताल सञ्चालन गरिरहेका छन् । तर सरकारी अस्पतालहरूमा कतै भौतिक पूर्वाधारको अभाव छ, कतै दक्ष जनशक्ति र उपकरणको व्यवस्थापनमा। राज्यको लगानी निरन्तर रहे पनि स्थानीयले समस्याग्रस्त अस्पतालबाट गुणस्तरीय सेवा पाउन सकिरहेका छैनन्।

नजिकै सरकारी लगानीमा अस्पताल सञ्चालन भए पनि विरामीले उपचारका लागि अन्यत्र धाउनुपरेको गुनासो गरेका छन् ।

विराटनगर महानगरभित्र निजी अस्पतालको चापसँगै सरकारी अस्पताल भने अव्यवस्थित व्यवस्थापन र जनशक्ति अभावका कारण ‘रेफर सेन्टर’ बन्दै गएका छन् । कोशी प्रादेशिक अस्पताल अत्यधिक भीड, साँघुरा संरचना र स्वास्थ्य बिमाको झन्झटिलो प्रक्रियाका कारण दैनिक १५ सयदेखि २ हजार सेवाग्राहीले सास्ती भोगिरहेका हुन्छन् ।

महानगरस्तरका रानी र बैजनाथपुर अस्पतालमा ९० प्रतिशतभन्दा बढी विरामी रेफर कागज लिन मात्र आउने भएपछि ती अस्पतालहरू सुनसानजस्तै देखिन्छन् । धरानस्थित बीपी प्रतिष्ठानमा अनलाइन प्रणाली प्रभावकारी नभएकाले टिकटदेखि परीक्षणसम्म सर्वसाधारण घण्टौं लाइन बस्न बाध्य छन् । उपकरण र जनशक्ति अभावले सिटी स्क्यान, ल्याबदेखि ओपीडीसम्म असाधारण भीड छ ।

संखुवासभा र खोटाङमा ‘एक पालिका–एक अस्पताल’ अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा दुर्गम क्षेत्रका नागरिक साधारण उपचारसमेत नपाई  हेलिकोप्टरमार्फत उद्धार हुनुपर्ने अवस्था छ । निर्माणाधीन अस्पताल भवन ढिलाइ, विशेषज्ञ अभाव र उपकरणको कमीले जिल्लास्तरका अस्पतालहरू कमजोर बनेका छन् ।

पाँचथरमा ५० शय्याको क्षमता हुँदाहुँदै जनशक्ति र उपकरण अभावले १५ शय्यामै सीमित सेवा प्रवाह भइरहेको छ । धेरै पालिकामा भव्य भवन बने पनि सेवा सुरु हुन सकेको छैन, जसका कारण स्थानीयलाई धरान, विराटनगर र भारतको सिलिगुडी समेत धाउनुपरेको छ ।

हामीले यहाँ कोशीका केही सरकारी अस्पतालको अवस्थामाथि लेखेका छौँ : 

१. काेशी अस्पतालको सेवा अस्तव्यस्त, नगर अस्पताल ‘रेफर सेन्टर’ मात्रै

२. संखुवासभामा गाउँका बिरामीलाई उद्धारकै भर

३. जनशक्ति अभाव झेलिरहेको इनरुवा अस्पताल

४. जेनतेन चलेको पाँचथर अस्पताल

५. खोटाङमा छैन प्रभावकारी स्वास्थ्य सेवा

६. वीपी प्रतिष्ठानमा घण्टौं लाइनले बिरामीलाई सास्ती 

इकान्तिपुर

Link copied successfully