प्रगतिशील लोकतान्त्रिक पार्टीले बागलुङ क्षेत्र नं–१ मा उम्मेदवारी निष्क्रिय पारेको छ ।
बागलुङ — प्रगतिशील लोकतान्त्रिक पार्टीले बागलुङ क्षेत्र नं–१ मा उम्मेदवारी निष्क्रिय पारेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला समन्वय समिति बागलुङले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी आफ्नो पार्टीबाट बागलुङ क्षेत्र नं.–१ प्रत्यक्षतर्फका उम्मेदवार चित्र प्रसाद सापकोटाको उम्मेदवारी निष्क्रिय पारेको जानकारी दिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष कृष्ण शर्मा र प्रत्यक्षतर्फका उम्मेदवार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूसँग कार्यगत एकता र तालमेलको नीति अनुरूप यस निर्वाचनमा कुनै राजनीतिक दलसँग सम्मानजनक सार्थक, औपचारिक चुनावी तालमेल वा गठबन्धन कायम गर्न नसकेको उल्लेख गरिएको छ ।
समानुपातिक उम्मेदवार भने कायम रहेको पार्टीको विज्ञप्तिमा उल्लेख गरिएको छ । मतदाताको मनोविज्ञान र विभिन्न कारणले गर्दा आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको उम्मेदवार बनेका चित्र प्रसाद सापकोटाले बताए । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट बागलुङ क्षेत्र नं.–२ का प्रत्यक्षतर्फका उम्मेदवार पदमबहादुर कुँवरले यस अगाडी नै आफ्नो समर्थन नेपाली काँग्रेसका उम्मेदवार टेकराज पौडेललाई रहेको घोषणा गरिसकेका छन् ।
