रवि लामिछानेविरुद्ध परेको उजुरीबारे आयोगले भन्यो- ‘प्रमाणका आधारमा निर्णय गर्छौं’

मंसिर १, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएका रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै परेको उजुरीबारे निर्वाचन आयोगले प्रमाणको आधारमा निर्णय गर्ने बताएको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा उक्त उजुरीबारे उठेको प्रश्नको जवाफमा दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्क्योलमा पुग्ने बताएका हुन् ।

यसैगरी उनले अस्वाभाविक मतदान भएमा अर्को निर्वाचन हुने निर्वाचन हुनेसमेत बताए । विगतमा बुथ कब्जा हुने गरेका स्थानमा यो निर्वाचनमा हवाईगस्ती गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । यसका साथै उनले मतदातालाई असर पर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने भन्दै यदि त्यसो गरेमा गर्नेलाई कारबाही हुने बताए । 

आयुक्त थपलियाले मतपरिणाम आइसकेपछि पनि चित्त नबुझेमा अदालत जान  सकिने जानकारी दिए । त्यस्तै आयोगले मतदाताको सुविधाका लागि निजी कम्पनीलाई २ दिन बिदा दिन अनुरोधसमेत गरेको छ ।

मंसिर ४ गते मतदान भइसकेपछि ७ गतेभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने र २२ गते आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयुक्त थपलियाले बताए ।

सम्बन्धित समाचार

कान्तिपुर

Link copied successfully