सामग्री लिएर निर्वाचन क्षेत्रतर्फ हिँडे कर्मचारी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
फोटोफिचर

सामग्री लिएर निर्वाचन क्षेत्रतर्फ हिँडे कर्मचारी

मनोज पौडेल

कपिलवस्तु — आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृतसहितका कर्मचारीहरू मतदानस्थलमा बिहीबारबाट खटिएका छन् । बिहीबार बिहानदेखि सदरमुकाम तौलिहवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनबाट सामग्री बुझेर उनीहरू कार्यक्षेत्रमा हिँडेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि प्रयोग हुने ५६ प्रकारका सामग्री, मतदाता नामावली, मतदाता परिचयपत्र र अनुसूची फारमहरू बुझेर हिँडेका छन् ।

बिहानदेखि दिउँसोसम्म निर्वाचन सामग्री बुझ्ने कर्मचारीको कार्यालयमा भीड लागेको थियो । ३ लाख ७८ हजार २३२ मतदाता रहेको जिल्लामा प्रतिनिधसभातर्फ ३ र प्रदेशसभा तर्फ ६ सिटका लागि १ सय ४६ जना प्रतिस्पर्धामा छन् ।


प्रकाशित : मंसिर १, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्

रवि लामिछानेविरुद्ध परेको उजुरीबारे आयोगले भन्यो- ‘प्रमाणका आधारमा निर्णय गर्छौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएका रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै परेको उजुरीबारे निर्वाचन आयोगले प्रमाणको आधारमा निर्णय गर्ने बताएको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा उक्त उजुरीबारे उठेको प्रश्नको जवाफमा दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्क्योलमा पुग्ने बताएका हुन् ।

यसैगरी उनले अस्वाभाविक मतदान भएमा अर्को निर्वाचन हुने निर्वाचन हुनेसमेत बताए । विगतमा बुथ कब्जा हुने गरेका स्थानमा यो निर्वाचनमा हवाईगस्ती गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । यसका साथै उनले मतदातालाई असर पर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने भन्दै यदि त्यसो गरेमा गर्नेलाई कारबाही हुने बताए ।

आयुक्त थपलियाले मतपरिणाम आइसकेपछि पनि चित्त नबुझेमा अदालत जान सकिने जानकारी दिए । त्यस्तै आयोगले मतदाताको सुविधाका लागि निजी कम्पनीलाई २ दिन बिदा दिन अनुरोधसमेत गरेको छ ।

मंसिर ४ गते मतदान भइसकेपछि ७ गतेभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने र २२ गते आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयुक्त थपलियाले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर १, २०७९ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×