सामग्री लिएर निर्वाचन क्षेत्रतर्फ हिँडे कर्मचारी

मंसिर १, २०७९

मनोज पौडेल

कपिलवस्तु — आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृतसहितका कर्मचारीहरू मतदानस्थलमा बिहीबारबाट खटिएका छन् । बिहीबार बिहानदेखि सदरमुकाम तौलिहवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनबाट सामग्री बुझेर उनीहरू कार्यक्षेत्रमा हिँडेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि प्रयोग हुने ५६ प्रकारका सामग्री, मतदाता नामावली, मतदाता परिचयपत्र र अनुसूची फारमहरू बुझेर हिँडेका छन् ।

बिहानदेखि दिउँसोसम्म निर्वाचन सामग्री बुझ्ने कर्मचारीको कार्यालयमा भीड लागेको थियो । ३ लाख ७८ हजार २३२ मतदाता रहेको जिल्लामा प्रतिनिधसभातर्फ ३ र प्रदेशसभा तर्फ ६ सिटका लागि १ सय ४६ जना प्रतिस्पर्धामा छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully