दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका

२७ असारमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि ७७ जनालाई भक्तपुरस्थित खरिपाटी र ६० जनालाई बोडेस्थित होल्डिङ सेन्टरमा सारिएको थियो, उनीहरूका बालबालिका पढ्नका लागि १५ किलोमिटरसम्म टाढाका बल्खु, भीमसेनस्थानलगायत ठाउामा रहेका विद्यालयमा जानुपर्ने बाध्यता छ।

श्रावण ८, २०८३

समर्पण श्री

Children from the holding center travel two hours by vehicle to reach school

What you should know

काठमाडौँ — भक्तपुर बोडे कृषि तालिम केन्द्रस्थित होल्डिङ सेन्टरमा १५ बालबालिका विद्यालय जानका लागि सखारै तयार हुन्छन् । बिहान खाजा खाइवरी ८ बजेसम्म उनीहरूलाई विद्यालय छाड्नका लागि सरकारी गाडी आइपुग्छ । तर उनीहरू जानुपर्ने विद्यालयको दूरी भने नजिक छैन ।

पुनमदेवी पासवानका कान्छा छोरा ७ वर्षीय आर्यन बल्खुस्थित जनविकास माविमा पढ्छन् । बोडेबाट त्यहाँसम्मको दूरी १५ किलोमिटरभन्दा बढी छ । ‘त्यहाँ गाडीमा नै डेढदेखि दुई घण्टामा पुग्ने रहेछ । बेलुका आइपुग्दासम्म थाकिसकेको हुन्छ,’ पुनमदेवीले भनिन् । उनको अर्को छोरा १२ वर्षीया श्यामलगायत ३ जना बालबालिका भीमसेनस्थानस्थित परोपकार आदर्श माध्यमिक विद्यालयमा पढ्छन् । त्यहाँसम्म पुग्न पनि गाडीमा करिब डेढ घण्टा लाग्छ ।

Children from the holding center travel two hours by vehicle to reach school

२७ असारसम्म पुनमदेवीको परिवार कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा थियो । त्यतिन्जेलसम्म श्यामलगायत ३ बालबालिका परोपकार आदर्श माध्यमिक विद्यालय हिँडेरै आउजाउ गर्थे । पैदल उनीहरूलाई पुग्न मात्र १ घण्टाभन्दा बढी लाग्थ्यो । काठमाडौं महानगरपालिकाले प्याब्सनसँग समन्वय गरेर उक्त स्कुलमा आवासीय सुविधासहित भर्ना गरे पनि उनीहरूले न आवासीय सुविधा पाएका थिए न गाडीको । २७ असारमा होल्डिङ सेन्टरमा बाढी पसेपछि ७७ जनालाई भक्तपुरस्थित खरिपाटी र ६० जनालाई बोडेस्थित होल्डिङ सेन्टरमा सारियो । 

Children from the holding center travel two hours by vehicle to reach school

२८ असारमा विस्थापित सुकुमवासीलाई भेट्न गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री खरिपाटी पुगेका थिए । उनीहरूलाई आश्वासन दिने क्रममा मन्त्री गुरुङले बालबालिकालाई विद्यालय जान गाडीको व्यवस्था सरकारले गर्ने बताएका थिए । सोहीअनुसार सरकारले खरिपाटी र बोडेको होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई अहिले गाडीको व्यवस्था त गरेको छ । तर उनीहरूलाई विद्यालय आउन–जान गाडीमा नै धेरै समय लाग्ने भएकाले अर्को सास्ती थपिएको छ । नागार्जुनस्थित इचंगुनारायण होल्डिङ सेन्टरमा रहेका बालबालिका भने दुई साता विद्यालय जानबाट वञ्चित भए । मंगलबारबाट विद्यालय जाने वातावरण बने पनि उनीहरू आधा घण्टाको बाटो हिँड्नुपर्छ ।

बोडेको होल्डिङ सेन्टरबाट बिहान ८ बजे हिँड्दा बालबालिका दुई गिलास दूधको भरमा जाने पुनमदेवी बताउँछिन् । ‘स्कुलमा दिउँसो मात्र खाजा दिइन्छ, खाना दिइँदैन । उनीहरूले दिनभरि भोकै बसेर बेलुका मात्र एक छाक खाना खान्छन् । कहिलेकाहीँ त भोक लाग्यो र गाह्रो भयो भनेर छोराहरू गुनासो गर्छन्,’ उनी सुनाउँछिन् ।

Children from the holding center travel two hours by vehicle to reach school

खरिपाटीस्थित होल्डिङ सेन्टरमा विद्यार्थी १५ जना छन् । खरिपाटीमा रहेकी मेनुका गुरुङका नातिनातिनी गैरीगाउँस्थित गुह्येश्वरी माध्यमिक विद्यालय पढ्छन् । उनीहरू बिहान सामान्य खाजाको भरमा गाडीमा १ घण्टा लगाएर स्कुल जानुपर्ने कुराले आफूलाई चिन्ता लाग्ने मेनुका बताउँछिन् । पुनमदेवीजस्तै मेनुकाको परिवारलाई पनि २७ असारपछि खरिपाटी सारिएको थियो । त्यसअघि कीर्तिपुरबाटै उनका नातिनातिनी बल्खुसम्म हिँडेर र बल्खुबाट गाडी चढेर उक्त स्कुल पढ्न जान्थे । 

Children from the holding center travel two hours by vehicle to reach school

‘कीर्तिपुर होल्डिङ सेन्टरमा बस्न थालेपछि उनीहरूलाई नजिकैको जनविकास माविमा राखिएको थियो । तर उनीहरू स्कुलबाट भागेर गुह्येश्वरी मावि गएका रहेछन् । पहिल्यैदेखि त्यहीँ पढेको भएर अरू स्कुल जानै मानेनन् । बल्खुबाट सार्वजनिक गाडीमा चढेर पहिल्यैको स्कुल जान्थे,’ मेनुका भन्छिन् । 

खरिपाटी आएपछि भने सरकारले गाडीको व्यवस्था गरिदिएको थियो । त्यहीँबाट उनीहरू गाडीमा स्कुल जाने गर्छन् । गाडीले ल्याउने–लाने भएपछि ढुक्क भए पनि बच्चाहरूले समयमै खाना खान र आराम गर्न नपाउँदा मेनुकालाई दुःख लागेको छ ।

Children from the holding center travel two hours by vehicle to reach school

खरिपाटी र बोडे होल्डिङ सेन्टरबाट ३० बालबालिका विद्यालय जान्छन् । बल्खुस्थित जनविकास मावि, भीमसेनस्थानस्थित परोपकार आदर्श माध्यमिक विद्यालय, गैरीगाउँस्थित गुह्येश्वरी मावि, बबरमहलस्थित सिर्जनशील मावि, बिजुलीबजारस्थित मदन भण्डारी मेमोरियल कलेज, थापाथलीस्थित गुह्येश्वरी मावि, नयाँ बानेश्वरस्थित कोलोम्बस स्कुल, त्रिपुरेश्वरस्थित विश्वदेव बहुमुखी क्याम्पस, विश्व निकेतन मावि र तीनकुनेस्थित नासा स्कुलमा पढ्छन् । लामो दूरी र पटक–पटक हुने जामका कारण बालबालिका पढ्न जाने स्कुल १ घण्टाभन्दा कम दूरीका कुनै पनि छैनन् ।

Children from the holding center travel two hours by vehicle to reach school

बालबालिकालाई स्कुल लैजाने र लिन जाने बस चालक गंगालाल श्रेष्ठका अनुसार बल्खुस्थित विद्यालयसम्म आइपुग्दा गाडीमै २ घण्टाभन्दा बढी लाग्छ । ‘साढे ७ बजे त्यहाँबाट हिँड्यो भने साढे ९ त बज्ने नै गर्छ । त्यसमाथि बालबालिकाहरू बेलैमा तयार नभइदिँदा कहिलेकाहीँ ढिला हुने गर्छ,’ उनले कान्तिपुरसँग भने । 

इचंगुनारायणका विस्थापित सुकुमवासीका १५ बालबालिका मंगलबारबाट नागार्जुन–१ स्थित बालज्योति उच्च माविमा पढ्न जान थालेका छन् । होल्डिङ सेन्टरमा रहेकी अप्सरा मलिकका अनुसार इचंगुनारायणका बालबालिका झन्डै दुई साता स्कुल जानबाट वञ्चित रहे । ‘पहिला हाम्रा छोराछोरी खरिपाटी नजिकैको स्कुल पढ्थे । त्यहाँ पनि हिँडेर जानुपर्थ्यो,’ उनले भनिन्, ‘हामीलाई दुई साताअघि इचंगुनारायणमा सारियो । यहाँ आएपछि बच्चाहरूको पढाइ रोकियो । कति पटक भन्दा पनि सुनुवाइ भएन ।’ मंगलबारबाट भने उनीहरूले बालबालिकालाई रानीवनस्थित बालविकास माध्यमिक विद्यालयमा पठाएका छन् । अप्सराका छोरा एक र छोरी नर्सरीमा पढ्छन् । ‘यहाँबाट आधा घण्टा हिँडेर जानुपर्छ । उनीहरूका लागि ड्रेस पनि छैन । यहाँ त गाह्रो छ,’ अप्सराले भनिन् । 

Children from the holding center travel two hours by vehicle to reach school

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र विष्टका अनुसार खरिपाटी र बोडेमा गाडीको व्यवस्था गरिएको छ । ‘स्कुलका लागि शिक्षा मन्त्रालय र काम गर्न जानेहरूको हकमा श्रम मन्त्रालयले समन्वय गरेर गाडीको व्यवस्था गरेको छ,’ विष्टले भने । बालबालिकालाई लामो दूरीका स्कुल पुर्‍याउनुको बाध्यताबारे उनले भने, ‘हामीले उहाँहरू जहाँ बस्नुभयो, नजिककै विद्यालयमा पढाइको व्यवस्था गर्ने बताएका थियौं । तर उहाँहरूले अगाडिदेखि बालबालिकालाई जहाँ पढाइएको हो, त्यहीँ नै पढाउने भन्नुभयो । सोहीअनुसार गाडीको व्यवस्थापन गरेका हौं ।’

Children from the holding center travel two hours by vehicle to reach school

इचंगुनारायणमा भने बालबालिकाको पढाइ दुई साता छुटेको विष्टले स्विकारे । ‘बीचमा उनीहरूको पढाइ छुटेको थियो । हामीले त्यहीँको नजिकको स्थानीय विद्यालयसँग कुरा गरेर पढ्ने व्यवस्था मिलाएका छौं,’ उनले भने । शिक्षाविद् विद्यानाथ कोइराला होल्डिङ सेन्टरका बालबालिकाहरू डेढदेखि दुई घण्टासम्म गाडीमा यात्रा गरेर स्कुल जानुपर्ने अवस्थाले उनीहरूको समय तथा स्वास्थ्यमा असर पर्ने बताउँछन् । बरु होल्डिङ सेन्टर आसपासकै निजी वा सरकारी विद्यालयहरूसँग समन्वय गरेर पढ्ने व्यवस्था मिलाउनुपर्नेमा उनी जोड दिन्छन् ।

Children from the holding center travel two hours by vehicle to reach school

‘होल्डिङ सेन्टरका बालबालिकाले डेढ–दुई घण्टा गाडीमा यात्रा गर्नु उनीहरूका लागि ठूलो सास्ती हो । बालबालिकालाई लामो यात्राको सास्तीबाट जोगाउन नगरपालिका र विद्यालय सञ्चालकहरूले आपसी संवाद गरी होल्डिङ सेन्टर नजिकैका विद्यालयमा अध्ययनको वातावरण मिलाउनु नै उत्तम विकल्प हो,’ उनी भन्छन् ।

फिचर

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully