कमेडी समाजका लागि विषाक्त विषय होइन : शाहिल शाह

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Comedy is not a toxic subject for society: Shahil Shah

काठमाडौँ — भारतीय कमेडियन शाहिल शाहले कमेडी समाजका लागि विषाक्त विषय नभई, कलाको शैली मात्र रहेको धारणा राखेका छन् । केही महिनायता भारतको स्ट्यान्डअप कमेडीमा देखिएको विवादलाई मध्यनजर गर्दै शाहले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले विषम अवस्थामा दर्शकले स्ट्यान्डअप कमेडियनलाई साथ दिनेमा पनि उनी आशावादी छन् ।

रणवीर अल्लाहवादियाको कमेडी होस् या कुनाल काम्राको 'ट्रेटर' शीर्षकमा भएको हाँस्यव्यंग्य । यतिबेला उनीहरुका कमेडी राजनीतिज्ञका टाउको दुखाइको विषय बन्दै आएको छ । भारतीय राजनीतिमा यी कमेडियनका कमेडीले एक किसिमको आँधी नै ल्याइदिएको भन्दै सञ्चारमाध्यमले उल्लेख गर्दै आइरहेका छन् ।

कमेडियन शाह कमेडीलाई राजनीतिसँग जोड्नुभन्दा पनि कलाका रुपमा मात्र हेरिनु पर्ने बताउँछन् । 'के कलाको कुनै शैली धम्की हो त ? कतिपयले यसलाई धम्कीका रुपमा हेर्छन्, तर यो त धम्की पक्कै होइन । कलाको एउटा शैली मात्र हो कमेडी,' उनले भारतीय सञ्चारमाध्यममा भनेका छन् ।

'मुम्बई कमिक कन २०२५' मा सहभागी हुँदै शाहले कमेडियनमाथि राज्यले गर्दै आएको हस्तक्षेपमाथि बोलेका हुन् । 

कान्तिपुर

Link copied successfully