‘रावायण’ तीजमा

चैत्र १२, २०८०

कान्तिपुर संवाददाता

'Ravayan' on Teej

काठमाडौँ — सुदर्शन थापाको निर्देशनमा निर्माण हुने फिल्म ‘रावायण’ तीजमा प्रदर्शनमा आउने भएको छ । फिल्म निर्माण पक्षले आइतबार फागु पूर्णिमाको अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । 

निर्देशक थापा र अभिनेत्री पूजा शर्माले संयुक्त रूपमा निर्माण गर्न लागेको फिल्मको छायांकन चैत तेस्रो सातादेखि सुरु हुने जनाइएको छ । फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वाँर र रामजी लामिछानेको नृत्य निर्देशन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बन्ने फिल्ममा पूजासहित प्रियंका कार्की, निकिता चण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायत कलाकारको अभिनय रहनेछ ।

कान्तिपुर

Link copied successfully