कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘राधा’ लाई तीन अवार्ड

काठमाडौँ — फ्रान्सको कान्समा आयोजित फिल्म फेस्टिभलमा तीन विधामा अवार्ड जितेको छ । ‘ला फाम इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा ७ विधामा मनोनयनमा परेको ‘राधा’ ले उत्कृष्ट फिल्म, निर्देशन र अभिनेत्रीका लागि अवार्ड जितेको हो । 

‘राधा’ लाई तीन अवार्ड

सुवर्ण थापाको निर्देशनमा बनेको फिल्म महिलाको सहनशक्तिको कथामा आधारित छ । फिल्मको कथा निर्देशक स्वयंले लेखेका हुन् । सन् २००५ देखि आयोजना हुँदै आएको ‘ला फाम इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ ले खासगरी महिला फिल्मकर्मी र महिला चरित्रलाई प्लेटफर्म दिने गर्छ ।

फिल्ममा सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । नेपाल प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डमा फिल्म १० विधामा मनोनयनमा परेको छ । फिल्म गत वर्ष भदौ दोस्रो साता सार्वजनिक प्रदर्शनमा आएको थियो । तर प्रदर्शकबाट असहयोग भएको भन्दै तेस्रो दिन हलबाट उतारिएको फिल्म आगामी भदौमा पुनः रिलिज गर्ने तयारी भइरहेको निर्देशक थापाले जनाएका छन् ।


प्रकाशित : जेष्ठ १९, २०८० ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?