गर्बुजाले ल्याए ‘लाहुरे’

वैशाख ३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकगायक खड्ग गर्बुजाले ठाडो भाकाको गीत ‘लाहुरे’ बजारमा ल्याएका छन् । तीन दशकदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील गर्बुजाले नयाँ वर्षका अवसर पारेर ‘लाहुरे’ सार्वजनिक गरेका हुन् ।

आफ्नै शब्द र संगीतमा तयार भएको गीतमा गर्बुजालाई ‘द भ्वाइस अफ नेपाल–सिजन ३’ कि फस्ट रनरअप ताराश्रीष मगरले गायनमा साथ दिएकी छन् । 

आफू लाहुरे हुन नसके पनि लाहुरेहरूका कथाव्यथा समेटेर गीत गाएको गर्बुजाले बताए । रक्षा बानियाँ र आकाश केसीको निर्माण तथा सुनील क्षत्रीको कोरियोग्राफी रहेको लाहुरे केसीएम युट्युब च्यानलबाट सार्वजनिक भएको हो । राजु केसीको निर्देशन रहेको गीतमा राहुल केसी र अभिनेत्री केकी अधिकारीको अभिनय छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully