कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

साउदी अरबमा अनिश्‍चितकालका लागि कर्फ्यु जारी

काठमाडौँ — साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ । यो क्षेत्रमा झन्डै एक लाख नेपाली नागरिक कार्यरत छन् ।

साउदी अरबमा अनिश्‍चितकालका लागि कर्फ्यु जारी

साउदीमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएपछि कर्फ्यु जारी भएको हो । यसअघि मुस्लिम धर्मालम्बीको प्रमुख तीर्थस्थल मक्का र मदिनामाका साथै राजधानी रियादमा पनि कर्फ्यु जारी भएको थियो । बिहीबार मात्रै साउदीमा १६५ जनामा काेराेना पोजिटिभ देखिएको थियो ।


रियादस्थित नेपाली दूतावासले यो क्षेत्रमा रहेका नेपालीले कर्फ्युको समयलाई पूर्ण पालना गर्न अनुरोध छ । ‘सरकारले तोकेका स्वास्थ्य म्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनै पनि बहानामा बाहिर ननिस्किनुहुन अनुरोध छ,’ दूतावासद्‍वारा जारी विज्ञप्तिमा भनिएको छ ।


शुक्रबार दिउँसोसम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १८८५ पुगेको छ । बिहीबार मक्का, मदिना र जेद्दा क्षेत्रमा मात्रै १२४ जनामा संक्रमण पुष्टि भएको थियो । कुल संक्रमितहरुमध्ये हालसम्म ३२८ जना निको भएका छन् भने २१ जनाको मृत्यु भइसकेको छ । साउदीमा कार्यरत नेपाली नागरिकमा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।

प्रकाशित : चैत्र २१, २०७६ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?