कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

न्युयोर्क — लामो समयदेखि न्युयोर्कमा बसोबास गर्दै आएका एक जना नेपाली नागरिकको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत ४७ वर्षीय नेपाली नागरिकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको न्युयोर्कस्थित नेपाली कन्सुलेट पुष्पराज भट्टराईले कान्तिपुरलाई जानकारी दिए । मृतकका आफन्तले फोनमार्फत आफूलाई खबर गरेको कन्सुलेट भट्टराईले बताए ।


शुक्रबारदेखि क्वीन्सस्थित एलमहष्ट अस्पतालको सघन उपचार कक्षमा उपचाररत ती व्यक्तिको स्थानीय समयअनुसार सोमबार राति निधन भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले जानकारी दिए ।


मृतक न्युयोर्कमा उबर चालकका रुपमा काम गर्दै आएको पनि अधिकारीले जानकारी दिए । अमेरिकामा कोरोना संक्रमण फैलिन थालेपछि उनी दुई हप्तादेखि घरमै बसेका थिए । तर एक्कासि ज्वरो आएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

प्रकाशित : चैत्र ११, २०७६ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?