कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कतारमा सार्वजनिक स्थलमा जमघट गर्न रोक

काठमाडौँ — कतार सरकारले कोभिड-१९ (कोरोना भाइरस) संक्रमणलाई फैलिन नदिन आइतबारदेखि सार्वजनिक स्थलमा जमघट गर्न रोक लगाएको छ ।

कतारमा सार्वजनिक स्थलमा जमघट गर्न रोक

कतार सरकारको उच्चस्तरीय संकट ब्यवस्थापन समितिले सार्वजनिक पार्क, समुन्द्री किनारा तथा कर्निस क्षेत्रमा भेटघाट गर्न रोकेको नेपाली दूतावासले जनाएको छ ।


दूतावासका अनुसार यी स्थानमा जमघट गरेको पाइएमा कानुनी कारबाही गरिने सरकारले जनाएको छ । कतार सरकारले नीजि सवारी साधानमा सवारी चालकबाहेक अन्य ब्यक्ति सवार गर्न पनि रोक लगाएको छ । यसलाई प्रभावकारी कार्यान्वयन गराउनका लागि घुम्ती प्रहरीलाई खटाइएको छ । कतारको विभिन्न भागमा चेक पोइन्टसमेत स्थापना गरिएको छ ।


यसअघि कतारले कामदारको बसोबास रहेको सनैया क्षेत्रमा भीडभाड गरेको भन्दै कम्तिमा ४ सय नेपालीलाई डिपोर्ट गरिसकेको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?