कतारमा सार्वजनिक स्थलमा जमघट गर्न रोक

चैत्र ९, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कतार सरकारले कोभिड-१९ (कोरोना भाइरस) संक्रमणलाई फैलिन नदिन आइतबारदेखि सार्वजनिक स्थलमा जमघट गर्न रोक लगाएको छ ।

कतार सरकारको उच्चस्तरीय संकट ब्यवस्थापन समितिले सार्वजनिक पार्क, समुन्द्री किनारा तथा कर्निस क्षेत्रमा भेटघाट गर्न रोकेको नेपाली दूतावासले जनाएको छ ।


दूतावासका अनुसार यी स्थानमा जमघट गरेको पाइएमा कानुनी कारबाही गरिने सरकारले जनाएको छ । कतार सरकारले नीजि सवारी साधानमा सवारी चालकबाहेक अन्य ब्यक्ति सवार गर्न पनि रोक लगाएको छ । यसलाई प्रभावकारी कार्यान्वयन गराउनका लागि घुम्ती प्रहरीलाई खटाइएको छ । कतारको विभिन्न भागमा चेक पोइन्टसमेत स्थापना गरिएको छ ।


यसअघि कतारले कामदारको बसोबास रहेको सनैया क्षेत्रमा भीडभाड गरेको भन्दै कम्तिमा ४ सय नेपालीलाई डिपोर्ट गरिसकेको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully