बहराइनमा ३ नेपाली कोरोनाबाट संक्रमित

चैत्र ९, २०७६

होम कार्की

काठमाडौँ — बहराइनमा ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरु अलग-अलग कम्पनीमा कार्यरत थिए । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको बताए ।

‘हामीलाई यहाँको सरकारले तीन नेपाली भाइरसबाट संक्रमित भएको जानकारी दिएको छ,’ उनले कान्तिपुरलाई भने, ‘थप एक महिलासहित ३ जनालाई परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको छ ।’

उनीहरु कार्यरत कम्पनीमा रहेका कामदारलाई पनि निगरानीमा राखिएको उनले बताए । ‘यहाँ क्याम्प र घरघरमा पुगेर स्वास्थ्य परीक्षण लिने काम भइरहेको छ,’ उनले भने । उनले क्वारेन्टाइन निकै व्यवस्थित रहेको बताए ।

बहराइनमा हालसम्म ३०५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोना भाइरस

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully