सुवर्ण शमशेरलाई सम्झँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले सुरू गरे बजेट भाषण 

मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ साल माघ २१ गते सार्वजनिक गरेको बजेट नै नेपालको पहिलो औपचारिक बजेट हो  ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Finance Minister Swarnim Wagle begins budget speech remembering Suvarna Shumsher

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले पहिलो अर्थमन्त्री  सुवर्ण शमशेरलाई सम्झँदै बजेट भाषण सुरू गरेका छन् । शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै उनले बजेटमा प्रवेश गर्नुअघि  २००८ सालका अर्थमन्त्रीको नाम लिएका हुन् ।

उनले सुरुमा आर्थिक सर्वेक्षण पेस गरे । नेपालमा औपचारिक रूपमा बजेट सार्वजनिक २००८ सालदेखि हुन थालेको थियो । मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ साल माघ २१ गते सार्वजनिक गरेको नेपालको पहिलो औपचारिक बजेट हो । 

सुवर्णले संसद्‍समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । 

कान्तिपुर

Link copied successfully