फ्रान्सको जितका लागि किलियन एम्बाप्पेले २ गोल गरे भने उस्मान डेम्बेलेले १ गोल गरे ।
काठमाडौँ — फिफा विश्वकप २०२६ अन्तर्गत फिलाडेल्फिया रंगशालामा सम्पन्न खेलमा फ्रान्सले इराकविरुद्ध ३–० गोल अन्तरको जित निकालेको छ । जितसँगै फ्रान्स नकआउट चरणमासमेत प्रवेश गरेको छ ।
फ्रान्सको जितका लागि किलियन एम्बाप्पेले २ गोल गरे भने उस्मान डेम्बेलेले १ गोल गरे । एम्बाप्पेले खेलको १४ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै ५४ औं मिनेटमा एम्बाप्पेले नै दोस्रो गोल गर्दै खेल २–० को अवस्थामा पुर्याएका थिए ।
६६ औं मिनेटमा उस्मान डेम्बेलेले व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरे । इराकले धेरै प्रयास गरे पनि गोलमा परिणत गर्न सकेन र खेल ३–०ले हार्न पुग्यो ।
