कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बजेट भाषण राख्न ठमेलबाट किनियो स्वदेशी झोला

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले केहीबेरमा संसद्को संघीय संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दैछन् । यसपल्ट अर्थमन्त्री पुनले बजेटमा नयाँपन दिने बताइरहेका छन् । अर्थमन्त्री पुनले सांकेतिक रूपमा परिवर्तनको झल्को दिन बजेट-भाषणको ब्रिफकेस नै यसअघि भन्दा फरक प्रयोग गरेका छन् ।

बजेट भाषण राख्न ठमेलबाट किनियो स्वदेशी झोला

पहिले-पहिले छालाको झोलामा अर्थमन्त्रीहरूले बजेट भाषण बोक्ने गर्थे । यसपल्ट स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्दै अर्थमन्त्री पुनले कपडाको झोला प्रयोग गरेको उनको सचिवालयले जनाएको छ । अर्थमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान नै काठमाडौंको पर्यटकीयस्थल ठमेलबाट कपडाको झोला किनिएको हो ।


तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : जेष्ठ १५, २०८१ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×