बजेट भाषण राख्न ठमेलबाट किनियो स्वदेशी झोला

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

Swadeshi bags were bought from Thamel to hold the budget speech

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले केहीबेरमा संसद्को संघीय संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दैछन् । यसपल्ट अर्थमन्त्री पुनले बजेटमा नयाँपन दिने बताइरहेका छन् । अर्थमन्त्री पुनले सांकेतिक रूपमा परिवर्तनको झल्को दिन बजेट-भाषणको ब्रिफकेस नै यसअघि भन्दा फरक प्रयोग गरेका छन् ।

पहिले-पहिले छालाको झोलामा अर्थमन्त्रीहरूले बजेट भाषण बोक्ने गर्थे । यसपल्ट स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्दै अर्थमन्त्री पुनले कपडाको झोला प्रयोग गरेको उनको सचिवालयले जनाएको छ । अर्थमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान नै काठमाडौंको पर्यटकीयस्थल ठमेलबाट कपडाको झोला किनिएको हो ।

Swadeshi bags were bought from Thamel to hold the budget speech Swadeshi bags were bought from Thamel to hold the budget speech

Swadeshi bags were bought from Thamel to hold the budget speechतस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully