ऊर्जा क्षेत्रमा सार्क मुलुकबीच अन्तरआबद्धता आवश्यक - विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऊर्जा क्षेत्रमा सार्क मुलुकबीच अन्तरआबद्धता आवश्यक 

सञ्जय नारायण बार्दे

काठमाडौँ — सार्क मुलुकहरूलाई ऊर्जा क्षेत्रमा अन्तरआबद्धता कायम गर्न सकिन्छ । किनकि यहााको ऊर्जाको माग र आपूर्तिको अवस्था नै त्यहीं किसिमको छ । नेपालका जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । र वर्षायाममा बढी बिजुली उत्पादन गर्छन् । भारत र बंगलादेशमा वर्षायाममै बिजुलीको माग बढी हुन्छ । तर नेपालमा हिउँदमा बिजुली उत्पादन कम हुन्छ, माग बढी हुन्छ ।

त्यसकारण नेपाल र भुटानले वर्षायाममा भारत र बंगलादेशलाई बेच्न सक्छन् भने हिउँदमा भारतबाट बिजुली किन्न सक्छन् । यही आधारमा विद्युत्‌को माग र आपूर्तिको व्यवस्थापनका लागि दक्षिण एसियाली देशहरूबीच अन्तरआबद्धता कायम गर्न सकिन्छ । सार्क मुलुकहरूमा प्रभावकारी रूपमा विद्युत् आदानप्रदान हुन सके सबै राष्ट्रका लागि त्यो ‘विन–विन’को अवस्थामा हुन्छ । आगामी दिनमा भारतलाई हरित ऊर्जाको ठूलो खाँचो छ । त्यसका लागि नेपालसँग प्रभावकारी रूपमा विद्युत् आदानप्रदान गर्न सकिन्छ । भारतजस्तै बंगलादेशमा पनि सोही प्रकृतिको विद्युत् आवश्यकता रहनु नेपालका लागि बिजुली बजार खोज्ने बाटो हो ।

अर्को भनेको सार्क मुलुकको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको भूमिका कसरी खोजिन्छ भनेर हेर्न जरुरी छ । सरकारी तबरबाट मात्र विद्युत् व्यापारको बाटो खोजिनु त्यति उपयुक्त होइन । नेपालले अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रको भूमिका खोज्नुपर्छ । त्यसैगरी भारतले पनि त्यहाँको माग व्यवस्थापनका लागि सरकारी तवरबाटै सबै काम गर्न सक्दैन । निजी क्षेत्रको पनि भूमिका खोजिनुपर्छ । विद्युत्‌को आदानप्रदान सरकारी स्तर (जीटूजी) स्तरमा मात्रै सीमित राखेर समाधान हुँदैन । अन्तरदेशीय रूपमा नै निजी क्षेत्रले काम गर्नुपर्छ ।

ठूलाठूला विद्युत् आयोजना चाहे सरकारी तबरबाट होस वा निजी क्षेत्रबाट होस बनाइनुपर्छ । नेपालको निजी क्षेत्र ठूला आयोजना बनाउन सकिरहेको देखिँदैन । त्यसकारण वैदेशिक लगानी खोजेर यस्ता आयोजना बनाउन सकिन्छ । नेपालले निर्यात लक्षित विद्युत् आयोजना बनाउने भनिरहँदा वैदेशिक लगानीलाई पनि प्राथमिकतामा राख्नुपर्छ । यद्यपि ठूला विदेशी कम्पनीका लागि पनि यति ठूलो लगानी जुटाउन त्यति सजिलो छैन । उनीहरूले पनि अन्तर्राष्ट्रिय रूपमा लगानीकर्ता जुटाउनुपर्ने हुन्छ । आयोजना व्यावसायिक रूपमा सम्भाव्य छ वा छैन ? बजार सुनिश्चितता छ छैन जस्ता विषय लगानीकर्ताले पनि हेर्छन् । आयोजना व्यावसायिक रूपमा बढी प्रतिफल दिन नसक्ने र उत्पादित बिजुली बेच्न नसकिने अवस्था भए लगानीकर्ता आउँदैनन् । सँगसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण संरचना निर्माण गर्नु पनि उत्तिकै जरुरी छ । केही बनिसकेका छन् । केही बन्ने क्रममा छन् ।

नेपालमा विद्युत् क्षेत्रमा लगानी ल्याउन ठूलो मात्रामा प्रसारण लाइन निर्माण गरिनुपर्छ । विद्युत् व्यापार गर्न अन्तरसीमा व्यापारको संरचना निर्माण गरिनुपर्छ । अन्तरदेशीय बिजुली व्यापार सरकारी तवरमा मात्र मात्र नभई निजी क्षेत्रलाई पनि यसको जिम्मेवारी दिनुपर्छ । सरकारी संयन्त्र नियामक निकाय रहने र अन्तरदेशीय व्यापार निजी क्षेत्रबाट गर्न सकिन्छ । दुवै मुलुकहरूले त्यसका लागि कानुन, नीति र निर्देशिका बनाउनुपर्छ । नियामकीय आधार पनि तयार गरिनुपर्छ । नेपाल र भारतबीचको बिजुली व्यापारका लागि नोडल एजेन्सीका रूपमा एनटीपीसी विद्युत् व्यापार निगमले काम गरिरहेको छ । सार्कका अरु देशहरूबीच हुने विद्युत् व्यापारमा पनि यस्ता नोडल एजेन्सी चाहिन्छन् । सबै देशले आ- आफ्नो तर्फबाट यस्ता निकाय स्थापनामा जोड दिनुपर्छ । यस अर्थमा सार्क देशहरूले उत्पादनमा मात्र नभई प्रसारण र वितरण संरचना बनाउन एकअर्काको सहयोग र समन्वय आवश्यक छ ।

जीएमआरले नेपालमा आएर माथिल्लो कर्णालीमा लगानी गरेको छ । त्यहाँ उत्पादन हुने बिजुली बंगलादेश लैजाने तयारी हामीले गरेका छौं । यो आयोजना बनाउने भनेर जीएमआरले कुनै सपना देखाएको होइन । त्यो आयोजनालाई सक्दो चाँडो हामीले नै बनाउन चाहेका छौं । आयोजना बनाउनेबारे हामीसँग स्पष्ट नियत छ । जीएमआर व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने कम्पनी हो । यसकारण यो आयोजना बनाउनु नेपालको मात्र नभई हाम्रो पनि सपना हो । यो सपना पूरा गर्न हामी हर हालतमा प्रयास गर्नेछौं । जतिसक्दो चाँडो आयोजना बनाउने प्रतिबद्धता पनि म जनाउँछु ।

-जीएमआर इनर्जी ग्रुपका प्रमुख कार्यकारी अधिकृत बार्देले कान्तिपुर कन्क्लेभ-२०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।


प्रकाशित : भाद्र ३१, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

अन्तरदेशीय बिजुली व्यापारमा नेपाल र भुटानको अवस्था समान छ 

यासी तेन्जिन

काठमाडौँ — भुटानका लागि जलविद्युत् अर्थ सामाजिक विकासको आधार हो । विद्युत् रणनीतिक महत्त्वको वस्तु भएकाले भुटान सरकारले यस क्षेत्रमा पर्याप्त लगानी गरेको छ । जलविद्युत् मात्र नभई जलस्रोतलाई नै हामीले रणनीतिक वस्तुका रूपमा राखेका छौं ।अहिले भुटानको जलविद्युत् उत्पादन २ हजार ३ सय ३५ मेगावाट छ ।

हामीले बढी भएको बिजुली भारतमा बेचिरहेका छौं । यद्यपि, भुटानको पहिलो प्राथामिकता भनेको आन्तरिक खपत नै हो । त्यसका लागि भुटानले सबस्टेसन, प्रसारण र वितरण संरचना निकै राम्रो बनाएको छ । भुटानमा ९९ प्रतिशत जनसंख्यामा विद्युत् सुविधा पुगिसकेको छ । र प्रतिव्यक्ति विद्युत् खपत लक्ष्य भेटिइसकेको छ । अब भुटानका कुनै पनि घरमा बिजुली पुग्न बााकी छैन । हामीले आन्तरिक माग सबै पूरा गरेर बचेको बिजुली भारतमा बेचिरहेका छौं ।

अहिले भुटानले उत्पादन गरेको बिजुली ३० प्रतिशत आन्तरिक खपत हुन्छ भने बााकी रहेको ७० प्रतिशत भारतलाई बेचिरहेको छ । विद्युत् बिक्रीका लागि भारतसाग दीर्घकालीन (लङटर्म) सम्झौता गरिएको छ । भुटानमा प्रतिव्यक्ति आम्दानी ३ हजार अमेरिकी डलर बराबर छ । त्यस्तै प्रतिव्यक्ति विद्युत् खपत २ हजार ७ सय युनीट बराबर छ । उत्पादनमा मात्र नभई भुटानमा निकै राम्रो प्रसारण र वितरण प्रणाली रहेकाले त्यो सम्भव भएको हो । भुटानले सरकारी कम्पनीहरूमार्फत जलविद्युत् आयोजनामा लगानी गरेको छ । यसरी गरिएको लगानीले राष्ट्रिय पुाजी पनि सिर्जना गरिरहेको छ । त्यसकारण हामीले जलविद्युत्‌लाई रणनीतिक स्रोतका रूपमा मानेका छौं । अहिले त्यहााको विद्युत् जडित क्षमता २ हजार ३ सय ३५ मेगावाट छ । तीन वटा ठूला आयोजना आगामी दुई तीन वर्षभित्रै निर्माण भइसक्छन । हाल निर्माणको चरणमा रहेका ती आयोजनाको उत्पादन क्षमता साढे २ हजार मेगावाटभन्दा बढी छ । त्यो सबै बिजुली बेच्ने हो । ती आयोजनामा सबै भारतको लगानी छ । यसमध्ये ३० प्रतिशत अनुदान र ७० प्रतिशत ऋण लगानी हो । १२६ मेगावाट उत्पादन क्षमताको अर्को एउटा आयोजना सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा बनिरहेको छ ।

भुटानले सबै नागरिकका लागि १ सय युनिटसम्मको बिजुली खपत नि:शुल्क गरेको छ । उच्च हिमाली भेगका जनताले २ सय युनिटसम्मको बिजुली नि:शुल्क पाउाछन् । विद्युत् सुविधा भएन भने अरु विकासका काम अघि बढ्दैनन् । बिजुलीबिना शिक्षा स्वास्थ्यलगायत सुविधा पाउन समस्या हुन्छ । त्यसकारण बिजुली उपलब्धता गराउनु भुटान सरकारको पहिलो प्राथमिकता जस्तै हो । पूर्वाधार सुविधा नभएकै कारण हिमाली र ग्रामीण भेगका मानिस सहरी क्षेत्रमा बसाइासराइ नगरुन् भनेर उनीहरूलाई बिजुलीलगायत शिक्षा स्वास्थ्य सुविधा पनि नि:शुल्क गरिएको छ । यो समावेशी विकासको ढााचा हो भन्ने हामीलाई लाग्छ ।

भुटानको जलविद्युत् क्षेत्रमा सरकारी कम्पनीहरूले लगानी गरेका छन् । अहिले भारतमा मात्र बिजुली बेचिरहेकामा निकट भविष्यमा बंगलादेशमा पनि जान्छौं । हामीले बढी भएको बिजुली बंगलादेशमा पनि बेच्न चाहिरहेका छौं । त्यसका लागि भारतको भूमिका रहन्छ । भारतको अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी गाइडलाइनका केही व्यवस्थाले भुटान र बंगलादेशको बिजुली व्यापारमा ढिलाइ भएको हो । भारत र बंगलादेशसाग विद्युत् व्यापारको हकमा नेपाल र भुटानको अवस्था समान छ । हामीले वर्षायाममा भारतलाई बिजुली बेचिरहेका छौं भने गत हिउादमा भारतबाट आयात गर्नुपर्‍यो । हामीले भारतको विद्युत् व्यापार कम्पनीबाट त्यो बिजुली किन्यौं । हिउादमा माग बढने भएका कारण यस्तो अवस्था आगामी केही वर्षसम्म देखिन सक्छ । वर्षायामका लागि भने हामीले बंगलादेशलाई पनि बिजुली किन्न आग्रह गरेका छौं । यद्यपि भारतका तर्फबाट स्वीकृति लिनुपर्ने प्रसारणलाइन प्रयोगलगायत केही विषय छन् ।

नेपाल र भुटानले जलविद्युत् क्षेत्रबाट हरित ऊर्जा उत्पादनमार्फत विश्वभर गम्भीर रूपमा उठिरहेको जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्न अप्रत्यक्ष रूपमा योगदान गरिरहेका छन् । जलवायु परिवर्तनका विषय आइरहादा जलविद्युत्बाट हामी हरित ऊर्जा उत्पादन गरिरहेका छौं । पछिल्लो समय भुटानले विद्युतीय सवारी साधन प्रवद्र्धनमा जोड दिएको छ । धमाधम चार्जिङ स्टेसन बनिरहेका छन् । ग्रिन हाइड्रोजन प्रविधि सुरु गरिसकेको छ । त्यसलाई स्टोर गर्न सकिन्छ । वर्षायाममा बढी हुने बिजुलीलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्न सकिन्छ र हिउादयाममा त्यसलाई प्रयोगमा ल्याउन सकिन्छ । भुटानले यो प्रविधिमा काम गरिरहेको छ । नेपालका लागि पनि आन्तरिक रूपमा आत्मनिर्भर भएर क्षेत्रीय बजारमा यो उत्तम अवसर हो ।

- भुटानको ड्रक ग्रिन पावर कर्पोरेसनका निर्देशक तेन्जिनले कान्तिपुर कन्क्लेभ-२०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।


प्रकाशित : भाद्र ३१, २०७९ १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×