कान्तिपुर कन्क्लेभ २०२२

‘सबै नागरिक स्वस्थ्य भइदिए म बेरोजगार बनेर बस्न तयार छु’

आश्विन ४, २०७९

सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता जिम्मेवार बन्नुपर्छ । यसको दुरुपयोग भए झिनामसिना कुराले ठूलो महत्व पाउने हुन्छ, जसले गर्दा राष्ट्रिय मुद्दा ओझेलमा पर्न सक्छन् । त्यसैले सामाजिक सञ्जालको...

नेपाल–भारतबीचको व्यापारिक कारोबारलाई पनि डिजिटाइज गर्न आवश्यक 

कोभिड महामारीपछिका वर्षमा नेपालको फिन–टेक क्षेत्र र विशेषत: विद्युतीय भुक्तानी प्रणालीमा ठूलो परिवर्तन र हस्तक्षेप देखिएको छ । भुक्तानी प्रणालीको डिजिटाइजेसनका लागि सन् २०११ देखि मैले वकालत गर्दै आएको थिएँ । तर, सन् २०१९ सम्म अत्यन्तै धीमा गतिमा त्यसतर्फ परिवर्तन भइरहेको थियो । सन् २०२० को मार्चबाट भने अचानक सबैथोक बदलियो । विद्युतीय भुक्तानीका लागि राष्ट्र बैंकले पनि सहयोग गर्‍यो । क्यूआर भुक्तानीको थिति बसाल्न गर्भनर आफैंले पनि बजारमा निस्किएर यसको अभ्यास गरेर देखाउनुभयो ।

कोभिड महामारीले प्रविधि सचेतना बढाउन असाध्यै ठूलो भूमिका खेल्यो

मेरो कम्पनीले एनी भन्ने प्रोडक्ट निर्माण गरेको छ । यो विश्वको पहिलो ब्रेल सिक्ने उपकरण हो । यसमा हार्डवेयर, सफ्टवेयर, कन्टेन्ट वा भनौं अध्ययनको सम्पूर्ण प्रणाली (इकोसिस्टम) समाहित छ । यस वर्षको सुरुमा जब हामी सार्क ट्यांक इन्डिया (टेलिभिजन कार्यक्रम) मा गयौं, ब्रेल शिक्षाका लागि बनाइएको हाम्रो डिभाइसबारे धेरै चर्चा हुन थाल्यो । त्यसअघि दृष्टिविहिन मानिसहरूको शैक्षिक स्थितिबारे भारतमा यो स्तरमा बहस भएको थिएन । 

डिजिटल दुनियाँमा नेपाल भूपरिवेष्ठित देश हो भनेर दु:ख मानिरहनुपर्दैन

दक्षिण एसियामा इन्टरनेट पेनिट्रेसन दर नेपालको उच्च छ । तर, आजभन्दा १० वर्षअघि यस्तो थिएन । सन् २०११ मा हामीले नेपालको सुरुवाती चरणको ई–कमर्स साइट सस्तो डिल सुरु गर्दा नेपालको इन्टरनेट पेनिट्रेसन दर जम्मा ९ प्रतिशत थियो । त्यसको अर्थ ९० प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा थिएनन्, ई–कमर्स त परको कुरा भयो । यो छोटो अविधिमा हामीले निकै लामो यात्रा तय गरेर यहाँसम्म आइपुगेका छौं । आज भारत र चीनकै हाराहारीमा हामीकहाँ करिब ५० प्रतिशत नेपाली इन्टरनेटको पहुँमा छन् ।

डिजिटल रूपान्तरणले नेपालले आर्थिक फड्को मार्न सक्छ

विश्व बैंकले नेपालसँग डिजिटल प्रविधि विकासका लागि वर्षौंदेखि सहकार्य गरिरहेको छ । विश्व बैंकको सबैभन्दा पहिलो प्राविधिक योजना भनेको दूरसंचारको विकास थियो । यो करिब ५ दशक पहिला सुरु भएको थियो । अहिले भने हामी नेपालमा प्रविधिको प्रयोग गरेर कसरी आर्थिक विकास गर्न सकिन्छ भन्नेमा केन्द्रित भएर काम गरिरहेका छौं ।

जनतालाई सुरक्षा अनुभूति गराउन केही वस्तु आयात रोकेका हौं, सधैंका लागि होइन

राज्यको पहिलो प्राथमिकता भनेको निर्यातलाई नै प्रवर्द्धन गर्ने हो । तर कुनै अप्ठ्यारो अवस्थामा हामीले रुट नै परिवर्तन गर्नुपर्छ । आयात प्रतिबन्ध भएदेखि नै विभिन्न प्रश्न उठिरहेकै छ । विदेशी मुद्रा सञ्चिति घट्दा आम नागरिकमा नेपाल श्रीलंका बन्ने त होइन भन्ने चिन्ता थियो ।

‘निर्यात बढाउन पहिले आन्तरिक उत्पादनको लागत घटाउनुपर्छ’

अहिलेको आर्थिक अवस्था निकै चुनौतिपूर्ण छ । यसको प्रकृति विगतभन्दा गम्भीर छ । यो समस्या दीर्घकालीन रुपमा रहने देखिन्छ । किनकि यो समाजको तल्लो वर्ग (ग्रास रुट) सम्म पुगेको छ । गत जेठको तुलनामा असारमा शोधनान्तर स्थितिमा केही सुधार देखिएको छ । यद्यपि अघिल्लो आर्थिक वर्षको सोही महिनासँग तुलना गर्दा हामी अझै पनि ठूलो शोधानान्तर घाटाको अवस्थामा छौं । 

‘बढ्दो आयात नियन्त्रण नगरेमा विदेशी मुद्रा सञ्चितिमा जोखिम अझै छ’

विश्वभरि नै उत्पादनमा सुस्तता आउने र मुद्रास्फीति बढेर गएको अवस्था छ । अर्थशास्त्रीय भाषामा यसलाई ‘स्ट्यागफ्लेसन’ भनिन्छ । रुस र युक्रेनको द्वन्द्व, इन्धनको मूल्यमा भएको वृद्धि, आपूर्ति शृंखलामा भएको अवरोधबाट माग र आपूर्तिमा देखिएको असन्तुलनले ‘स्ट्यागफ्लेसन’को अवथा आएको हो । अहिले विश्वभरका सबै राष्ट्रले यो समस्या भोगेका छन् । विस्तारै दक्षिण एसियाका राष्ट्रहरुमा पनि यसको असर आइपुगेको छ । 

सरकारी नीति साना, ठूला सबै उद्योगीलाई उपयुक्त होस्

भन्सारमा आधारित राजस्वमा सरकार केन्द्रित हुँदा आयात प्रतिस्थापन हुन सकेको छैन । अर्थतन्त्रलाई आत्मनिर्भर कसरी बनाउने भनिरहँदा सरकारले उठाउने राजस्व भने भन्सारमा केन्द्रित छ । भन्सारबाट उठ्ने राजश्वले हाम्रो चालु खर्च धानिरहेको छ । जसले धेरै भन्सार तिर्छ, उसलाई पुरस्कृत गर्ने प्रचलन हुँदा वर्षौंदेखि मुद्रा बाहिरिएको छ । 

आयात रोकेर मात्र समस्या समाधान हुँदैन

अहिले मुलुक ‘स्ट्यागफ्लेसन’ अवस्थामा छ । यस्तो गम्भीर अवस्थामा हामीले मुलुकको जटिल अवस्था देखाएर नागरिकको मनोबल घटाउने काम गरिरहेका छौं । नागरिकको मनोबल बढाउनुपर्नेमा कतैबाट पनि काम भएको देखिँदैन । उद्योगी व्यवसायी र लगानीकर्तालाई थप लगानी गर्न र व्यापार व्यवसाय बढाउन प्रेरित गर्नुपर्ने छ ।

'दुवै ठूला छिमेकीलाई नचिढाएर, सुरक्षा मामिला हेरिदिएर नेपाल माथि जान सक्छ'

कान्तिपुर कन्क्लेभको दोस्रो दिन भदौ २६ को आरम्भ सत्रमा अर्थशास्त्री स्वर्णिम वाग्ले र प्राध्यापक महेन्द्र पी लामाबीच 'भूराजनीति र अर्थ कूटनीति' विषयमा एक घण्टा लामो संवाद भएको थियो । उनीहरुले नेपालको भौगोलिक अवस्थितिका कारण यहाँको राजनीति र अर्थनीतिमा परेका असरहरुका विभिन्न आयाम बारे खुलेर छलफल गरेका थिए । 

हाम्रा रैथाने संगीत हराउँछन् कि भन्ने चिन्ता छ

हामी नेपाली संगीतमा कहाँ चुक्यौं ? सिर्जनशील संगीतमा अम्बर गुरुङलगायतबाट धेरै ठूला काम भए । तर मलाई संगीतको हाम्रो रैथाने रुट धरमराउने हो कि भन्ने चिन्ता लाग्छ ।

संगीतको कुनै सिमाना हुँदैन

संगीतको कुनै सिमाना हुँदैन । अरु विषयवस्तु जस्तै भाषा भनौं । संगीतलाई प्राविधिक रूपले सोच्यौं भने कुनै साउन्डलाई मानव जातिले त्यसालई सुर, ताल अनि लयबद्ध गर्‍यो भने संगीत बन्यो भनिन्छ । कुनै बाजा र शैलीलाई लिएर बनाउनु अगाडिको परिवेशलाई संस्कृतिसँग जोड्न मिल्यो नि ।

अयोध्याबारे ओलीको फेरियो बोली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याको बारेमा आफूले गर्दै आएको दाबीलाई शास्त्र र तथ्यले अन्यथा भन्छ भने स्वीकार्न तयार रहेको बताएका छन् । उनले अयोध्याको विषय आफूले पोलिटिकल स्टन्टका लागि नउठाएको भन्दै इतिहासको यथार्थलाई उजागर गरेको बताए ।

चुनावपछि शक्तिमा फर्किने ओलीको दाबी

सत्तारूढ पाँच दलले आगामी चुनावमा गठबन्धन गरेरै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका बेला एक्लै चुनावमा होमिन लागेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुन: शक्तिमा फर्किने दाबी गरेका छन् ।

संवैधानिक आयोगमा मैले कार्यकर्ता भर्ती गरेको होइन : ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गरेको आरोप गलत भएको दाबी गरेका छन् ।

एम. अधिकारी खोजे हुन्छ, म टर्चको ब्याट्री किनिदिन्छु : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीदेखि गभर्नरसम्म राजनीतिक दलमा आबद्ध व्यक्ति राख्ने गरिएको स्वीकार गरेका छन् । उनले एमाले अर्थ तथा योजना विभागको सदस्य एम. अधिकारी को हो भन्ने खोज्नका लागि चुनौती पनि दिएका छन् । 

नेपालमा प्रधानमन्त्री कहाँबाट बन्छ थाहै हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रधानमन्त्री कहिले कहाँबाट बन्छ भनेर थाहै नहुने गरेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिन आइतबार ‘नीति, थिति र राजनीति’ विषयक समापन सत्रमा बोल्दै अध्यक्ष ओलीले नेपाली राजनीतिमा राजनीतिक थिति र संस्कृतिको विकास हुन नसकेको बताए ।

कान्तिपुर कन्क्लेभ आजदेखि

कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । कार्यक्रममा आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूबीच सघन विमर्श हुनेछ ।