अन्तरदेशीय बिजुली व्यापारमा नेपाल र भुटानको अवस्था समान छ - विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तरदेशीय बिजुली व्यापारमा नेपाल र भुटानको अवस्था समान छ 

यासी तेन्जिन

काठमाडौँ — भुटानका लागि जलविद्युत् अर्थ सामाजिक विकासको आधार हो । विद्युत् रणनीतिक महत्त्वको वस्तु भएकाले भुटान सरकारले यस क्षेत्रमा पर्याप्त लगानी गरेको छ । जलविद्युत् मात्र नभई जलस्रोतलाई नै हामीले रणनीतिक वस्तुका रूपमा राखेका छौं ।अहिले भुटानको जलविद्युत् उत्पादन २ हजार ३ सय ३५ मेगावाट छ ।

हामीले बढी भएको बिजुली भारतमा बेचिरहेका छौं । यद्यपि, भुटानको पहिलो प्राथामिकता भनेको आन्तरिक खपत नै हो । त्यसका लागि भुटानले सबस्टेसन, प्रसारण र वितरण संरचना निकै राम्रो बनाएको छ । भुटानमा ९९ प्रतिशत जनसंख्यामा विद्युत् सुविधा पुगिसकेको छ । र प्रतिव्यक्ति विद्युत् खपत लक्ष्य भेटिइसकेको छ । अब भुटानका कुनै पनि घरमा बिजुली पुग्न बााकी छैन । हामीले आन्तरिक माग सबै पूरा गरेर बचेको बिजुली भारतमा बेचिरहेका छौं ।

अहिले भुटानले उत्पादन गरेको बिजुली ३० प्रतिशत आन्तरिक खपत हुन्छ भने बााकी रहेको ७० प्रतिशत भारतलाई बेचिरहेको छ । विद्युत् बिक्रीका लागि भारतसाग दीर्घकालीन (लङटर्म) सम्झौता गरिएको छ । भुटानमा प्रतिव्यक्ति आम्दानी ३ हजार अमेरिकी डलर बराबर छ । त्यस्तै प्रतिव्यक्ति विद्युत् खपत २ हजार ७ सय युनीट बराबर छ । उत्पादनमा मात्र नभई भुटानमा निकै राम्रो प्रसारण र वितरण प्रणाली रहेकाले त्यो सम्भव भएको हो । भुटानले सरकारी कम्पनीहरूमार्फत जलविद्युत् आयोजनामा लगानी गरेको छ । यसरी गरिएको लगानीले राष्ट्रिय पुाजी पनि सिर्जना गरिरहेको छ । त्यसकारण हामीले जलविद्युत्‌लाई रणनीतिक स्रोतका रूपमा मानेका छौं । अहिले त्यहााको विद्युत् जडित क्षमता २ हजार ३ सय ३५ मेगावाट छ । तीन वटा ठूला आयोजना आगामी दुई तीन वर्षभित्रै निर्माण भइसक्छन । हाल निर्माणको चरणमा रहेका ती आयोजनाको उत्पादन क्षमता साढे २ हजार मेगावाटभन्दा बढी छ । त्यो सबै बिजुली बेच्ने हो । ती आयोजनामा सबै भारतको लगानी छ । यसमध्ये ३० प्रतिशत अनुदान र ७० प्रतिशत ऋण लगानी हो । १२६ मेगावाट उत्पादन क्षमताको अर्को एउटा आयोजना सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा बनिरहेको छ ।

भुटानले सबै नागरिकका लागि १ सय युनिटसम्मको बिजुली खपत नि:शुल्क गरेको छ । उच्च हिमाली भेगका जनताले २ सय युनिटसम्मको बिजुली नि:शुल्क पाउाछन् । विद्युत् सुविधा भएन भने अरु विकासका काम अघि बढ्दैनन् । बिजुलीबिना शिक्षा स्वास्थ्यलगायत सुविधा पाउन समस्या हुन्छ । त्यसकारण बिजुली उपलब्धता गराउनु भुटान सरकारको पहिलो प्राथमिकता जस्तै हो । पूर्वाधार सुविधा नभएकै कारण हिमाली र ग्रामीण भेगका मानिस सहरी क्षेत्रमा बसाइासराइ नगरुन् भनेर उनीहरूलाई बिजुलीलगायत शिक्षा स्वास्थ्य सुविधा पनि नि:शुल्क गरिएको छ । यो समावेशी विकासको ढााचा हो भन्ने हामीलाई लाग्छ ।

भुटानको जलविद्युत् क्षेत्रमा सरकारी कम्पनीहरूले लगानी गरेका छन् । अहिले भारतमा मात्र बिजुली बेचिरहेकामा निकट भविष्यमा बंगलादेशमा पनि जान्छौं । हामीले बढी भएको बिजुली बंगलादेशमा पनि बेच्न चाहिरहेका छौं । त्यसका लागि भारतको भूमिका रहन्छ । भारतको अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी गाइडलाइनका केही व्यवस्थाले भुटान र बंगलादेशको बिजुली व्यापारमा ढिलाइ भएको हो । भारत र बंगलादेशसाग विद्युत् व्यापारको हकमा नेपाल र भुटानको अवस्था समान छ । हामीले वर्षायाममा भारतलाई बिजुली बेचिरहेका छौं भने गत हिउादमा भारतबाट आयात गर्नुपर्‍यो । हामीले भारतको विद्युत् व्यापार कम्पनीबाट त्यो बिजुली किन्यौं । हिउादमा माग बढने भएका कारण यस्तो अवस्था आगामी केही वर्षसम्म देखिन सक्छ । वर्षायामका लागि भने हामीले बंगलादेशलाई पनि बिजुली किन्न आग्रह गरेका छौं । यद्यपि भारतका तर्फबाट स्वीकृति लिनुपर्ने प्रसारणलाइन प्रयोगलगायत केही विषय छन् ।

नेपाल र भुटानले जलविद्युत् क्षेत्रबाट हरित ऊर्जा उत्पादनमार्फत विश्वभर गम्भीर रूपमा उठिरहेको जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्न अप्रत्यक्ष रूपमा योगदान गरिरहेका छन् । जलवायु परिवर्तनका विषय आइरहादा जलविद्युत्बाट हामी हरित ऊर्जा उत्पादन गरिरहेका छौं । पछिल्लो समय भुटानले विद्युतीय सवारी साधन प्रवद्र्धनमा जोड दिएको छ । धमाधम चार्जिङ स्टेसन बनिरहेका छन् । ग्रिन हाइड्रोजन प्रविधि सुरु गरिसकेको छ । त्यसलाई स्टोर गर्न सकिन्छ । वर्षायाममा बढी हुने बिजुलीलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्न सकिन्छ र हिउादयाममा त्यसलाई प्रयोगमा ल्याउन सकिन्छ । भुटानले यो प्रविधिमा काम गरिरहेको छ । नेपालका लागि पनि आन्तरिक रूपमा आत्मनिर्भर भएर क्षेत्रीय बजारमा यो उत्तम अवसर हो ।

- भुटानको ड्रक ग्रिन पावर कर्पोरेसनका निर्देशक तेन्जिनले कान्तिपुर कन्क्लेभ-२०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।


प्रकाशित : भाद्र ३१, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लामा तेस्रो प्रादेशिक व्यापार महोत्सव

डीबी बुढा

जुम्ला — कर्णाली प्रदेशको जुम्लामा तेस्रो प्रादेशिक कृषि पर्यटन सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ जुम्लाले कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्दै स्थानीय उत्पादनको बजारीकरणका लागि सघाउ पुगोस् भन्ने हेतुले महोत्वस आयोजना गरिएको हो । 

महोत्सवमा कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीले कर्णालीमा उत्पादन हुने स्थानीय वस्तुको बजारीकरण, सांस्कृतिक परम्पराको संरक्षण र पर्यटन क्षेत्र प्रर्वद्धन गर्न सके आर्थिक समृद्धि हुने बताए । मौसम प्रतिकूलताका कारण महोत्सवमा सहभागी हुन नसकेका मन्त्री शाहीले टेलिफोनबाट महोत्सवलाई सम्बोधन गरेका थिए ।

उनले महोत्सव कृषि र पर्यटन क्षेत्र संरक्षण, सांस्कृतिक र औद्योगिक क्षेत्र विकासका लागि बलियो आधार हुनेमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भौगोलिकरुपमा पछि परेको कर्णालीको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको पक्षमा महोत्सवले सन्देश फैलाउने विश्वास व्यक्त गरे । उनले भने,‘महोत्सवमा स्थानीय उत्पादनको विभिन्न परिकारको स्वाद चाख्न पाइनेछ । रैथाने सांस्कृतिक क्रियाकलापको प्रस्फुटनको साथै उद्योगधन्दा र कलकारखानामा कर्णालीवासीको ध्यान केन्द्रित गर्नेछ । ’

महोत्सवमा ४५ स्टल राखिएको छ । स्टलमा कर्णालीमा पाइने सबै प्रकारको खान्की उपलब्ध छ । नेपाली सेनाको नन्दाबक्स गण, जिल्ला स्वास्थ्य कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । कोरोनाको बुस्टर डोज लगाउन नसकेकालाई खोप लगाइने र महोत्सव अवधिभर आउन सक्ने स्वास्थ्य समस्याको उपचारका लागि सहज हुने भएको छ । पहिलो दिनमा स्थानीय कला संस्कृतिको प्रदर्शनी भएको थियो । दोस्रो दिनदेखि राष्ट्रिय कलाकारको प्रस्तुति हुनेछ ।

लोक तथा दोहोरी गायक विष्णु खत्री, गायिका राधिका हमाल र प्रिती आलेले महोत्सवमा प्रस्तुति राख्नेछन् । महोत्सव असोज ५ गतेसम्म चल्नेछ । महोत्सव एक करोडको कारोबार हुने लक्ष्य रहेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले जानकारी दिए ।

प्रकाशित : भाद्र ३१, २०७९ १८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×