दोलखा — गौरीशंकर गाउँपालिको रिक्त रहेको उपाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा ४८ दशमलव २८ प्रतिशत मत खसेको छ । निर्वाचनमा ७ हजार ५ सय ८९ जनाले मतदानमा भाग लिएका हुन् ।
९ वटा वडा रहेको गौरीशंकरका १२ वटा मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । अति दुर्गम रहेको पालिकाको मतपेटिका संकलन रातभरमा गरिने पनि कार्यालयले जनाएको छ ।
यस्तै वडा नं ९ को बेदिङ मतदान केन्द्रबाट सोमबार बिहान हेलिकप्टरबाट मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । मतपेटिका संकलनपछि सोमबार मध्याह्नबाट मतगणना गरिने छ । पालिकामा कुल १५ हजार ७ सय १८ मतदाता रहेका छन् ।
