अब गम्भीर संक्रमितलाई मात्र भर्ना

जेष्ठ २, २०७८

कान्तिपुर संवाददाता

मकवानपुर — अक्सिजन र बेडको चरम अभाव भएपछि हेटौंडाको कोभिड अस्पतालमा गम्भीर कोरोना संक्रमितको मात्र उपचार गरिने भएको छ । 

अस्पतालमा आउने बिरामीको चाप अत्यधिक भएर थेग्न नसक्ने भएपछि यस्तो निर्णय लिइएको अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले बताए । ‘अक्सिजन र बेड दुवैको अभाव छ । अब बिरामीको प्रकृति हेरेर मात्र भर्ना लिन्छौं,’ उनले भने ।

हाल अस्पतालमा रहेका ५१ बेड सबै भरिएका छन् । ‘२०–४० वर्ष उमेर समूहका युवामा संक्रमण गम्भीर देखिएको छ । केही रोग नभएका युवाको पनि मृत्यु भइरहेको छ । यसले हेटौंडाको अवस्था जटिलतातर्फ गइरहेको संकेत गर्छ,’ उनले भने । आईसीयूसहित अस्पतालको इमर्जेन्सी वार्ड पनि भरिएको उनले बताए ।

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully