कोभिडसँग लड्न नेपाललाई सहयोग थपिँदै

विदेशी समुदाय, विकास साझेदार, नेपाली नियोगलाई पटक–पटक अपिल र पत्राचार गरिएसँगै सहयोग जुट्न थालेको छ

जेष्ठ २, २०७८

जगदीश्वर पाण्डे

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहरले मुलुक आक्रान्त पारेसँगै विदेशी समुदायबाट नेपाललाई सहयोग आउने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेशी समुदायलाई पटक–पटक अपिल र पत्राचार गरेसँगै सहयोगको मात्रा बढ्न थालेको हो । 

दोस्रो लहर सुरुवातमै चीनले नेपाललाई ५० लाख आरएमबी बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले ‘कोभिड–१९ को प्रतिक्रियाका लागि संयुक्त प्रयास’ नामक भिडियो कन्फरेन्समा बोल्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धताअनुसार नेपालले चीनबाट ३५ सय अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री पाएको हो । चीनबाट वैशाख २८ गते पहिलो खेपमा नेपाल एयरलाइन्सको विमानले अक्सिजनका सिलिन्डर र स्वास्थ्य सामग्री ल्याएको थियो । बाँकी सिलिन्डर ल्याउने तालिका सरकारले तय गरिसकेको छ ।

यस्तै वैशाख १८ गते अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर सहयोग गर्ने बताएको थियो । त्यसपछि वैशाख ३० गते अमेरिकी इन्डो–प्यासिफिक कमान्डद्वारा नेपाललाई २७ लाख ५० हजार अमेरिकी डलर बराबर सहयोग घोषणा गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग वैशाख ३० गते फोन संवादमा छिट्टै थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । 

युरोपेली युनियनले वैशाख २९ गते २० लाख युरो बराबर आपत्कालीन मानवीय सहयोगअन्तर्गत स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गर्‍यो । बेल्जियमस्थित युरोपेली युनियन (ईयू) का लागि नेपालका राजदूत गहेन्द्र राजभण्डारीले ईयूबाट नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता दिएको कान्तिपुरलाई बताए । वैशाख २२ गते बेलायतले नेपाल पुलिस अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग गरेको थियो । उक्त प्लान्टले प्रतिदिन १६० सिलिन्डर उत्पादन गर्न तथा अस्पताल भित्रबाहिर वितरणका लागि २४ सिलिन्डर भर्न सक्छ ।

ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालका अनुसार दूतावासले एनआरएनए र अन्य नेपाली समुदायसँग मिलेर ५ सय ६० अक्सिजन सिलिन्डर खरिद गरी पठाएको छ ।  थाइल्यान्डबाट पनि नेपाललाई २४ वटा अक्सिजन सिलिन्डर प्राप्त भएको छ जुन सामग्री शुक्रबारै आइपुगिसकेको छ । फिनल्यान्डले २० लाखभन्दा बढी मास्कसहितका स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बंगलादेशबाट पनि १० हजार भायल्स रेम्डेसिभिर औषधि सहयोग आउन लागेको छ । औषधि कम्पनी बेकसिन्की फर्माले ५ हजार र बंगलादेश सरकारले ५ हजार गरी १० हजार भायल्स नेपाललाई सहयोग गर्न लागेको 

हो । उक्त औषधि ढाकास्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्ने र त्यसपछि सरकारले विमानमार्फत ल्याउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । परराष्ट्रले विदेशस्थित आफ्ना नियोगलाई सम्बन्धित मुलुकसँग त्यहाँको अवस्था अनुसार सहयोग जुटाउनका लागि पहल गर्न पत्राचार गरेको प्रवक्ता लम्सालले बताइन् । मन्त्रालयले वैशाख 

२३ गते विदेशस्थित नेपालका ३० दूतावास, तीन संयुक्त राष्ट्रसंघीय स्थायी नियोग र ६ वाणिज्य दूतावासलाई पत्र पठाएको हो । ‘मन्त्रालयको निर्देशनअनुसार ईयूसँग वार्ता गरेर नेपाललाई सहयोग गर्ने प्रतिबद्धता भएको हो, ईयूले थप सहयोग गर्ने प्रतिबद्धता गरिसकेको छ,’ उनले कान्तिपुरसँग भने ।

प्रधानमन्त्री ओलीले यसैसाता अमेरिकी टेलिभिजनबाट र बेलायतको गार्जियन पत्रिकामा लेखमार्फत अन्तर्राष्ट्रिय समुदायसँग नेपाललाई सहयोग गर्न आग्रह गरेका थिए । परराष्ट्रले विदेशस्थित दूतावासमा पठाएको पत्रमा अहिले नेपालमा आवश्यक स्वास्थ्य सामग्रीलाई केन्द्रमा राखेर सहयोग जुटाउनका लागि पहल गर्ने भनिएको छ । नेपालका सम्पूर्ण मिसनले उक्त पत्र प्राप्त गरिरहेका छन् । यस्तै नेपालका विकास साझेदारलाई पनि सहयोगका लागि अपिल गर्न दूतावासलाई भनिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा रहेका विकास साझेदार र अन्य सहयोगी संस्थालाई संकटको घडीमा नेपाललाई सक्दो सहयोग गर्न अनुरोध गरिसकेको छ ।

खोपबारे मन्त्रालय अनिर्णीत

परराष्ट्रको समन्वयमा गत साता चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ भ्याक्सिन तथा स्वास्थ्य सामग्री उत्पादक कम्पनी सिनो फार्मका पदाधिकारीसँग छलफल गरेका थिए ।

सिनो फार्मका पदाधिकारी नेपालका लागि चीनले २० लाखसम्म भेरो सेल खोप उपलब्ध गराउने प्रतिबद्धता लिएर आएका थिए । त्यहीअनुसार नेपालमा पत्राचार भए पनि खोप खरिदबारे एक साता बितिसक्दासमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शनिबारसम्म कुनै पनि निर्णय बाहिर आउन स

कोरोना खोपकोरोना भाइरस

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully