काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरु । बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा अक्सिजन भर्न लागेको भिड । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको इमर्जेन्सी बाहिर अक्सिजन मास्क लगाएर बसेका कोभिड संक्रमित । तस्बिरः सन्जोग मानन्धर
बेड नपाएपछि ट्यापुमा अक्सिजन सिलिण्डर लगाएर बसेका बिरामी । तस्बिरः कान्तिपुर