कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरु । बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा अक्सिजन भर्न लागेको भिड । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको इमर्जेन्सी बाहिर अक्सिजन मास्क लगाएर बसेका कोभिड संक्रमित । तस्बिरः सन्जोग मानन्धर

बेड नपाएपछि ट्यापुमा अक्सिजन सिलिण्डर लगाएर बसेका बिरामी । तस्बिरः कान्तिपुर

काठमाडौंको गंगबुस्थित सर्वसाधारणलाई नि:शुल्क खाना खुवाउँदै जय महांकाल युथ क्लबका युवाहरु । तस्बिरः अनिश रेग्मी

राजधानीको मरुस्थित आफ्नो मोबाइलमा व्यस्त बालकहरु । तस्बिरः केशव थापा

गद्दी परिवर्तनपछि आसन ग्रहण गर्दै ललितपुरकी कुमारी । गद्दी ८० वर्षपछी परिवर्तन गरिएको हो । तस्बिरः अनिश रेग्मी

मनोहरा खोलामा गाँजर सफा गर्दै किसानहरु । तस्बिरः दीपक केसी

प्रकाशित : जेष्ठ १, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्