मदुरोलाई न्यूयोर्क ल्याइयो, ब्रुकलिन हिरासत केन्द्रमा राखिने

यसअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Maduro brought to New York, to be held in Brooklyn detention center

काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ।

उनीहरूलाई न्यूयोर्क राज्यस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसबाट हेलिकोप्टरमार्फत म्यानहट्टनस्थित डीईए (ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन) कार्यालय लगिएको थियो । त्यसपछि दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए। मदुरोलाई इवो जिमा नामक पानीजहाजमार्फत न्यूयोर्क ल्याइँदै गरिएको बताइएको थियो ।

भेनेजुएलामा अमेरिकी आक्रमण

कान्तिपुर

Link copied successfully