ट्रम्पले सार्वजनिक गरे राष्ट्रपति मदुरोको तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतकडी लगाइएको र आँखामा पट्टी बाँधिएको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल 'ट्रुथ सोसियल' मा सार्वजनिक गरेका हुन् ।

पुस १९, २०८२

दया दुदराज

Trump releases photo of President Maduro

What you should know

काठमाडौँ — अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतकडी लगाइएको र आँखामा पट्टी बाँधिएको मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल 'ट्रुथ सोसियल' मा सार्वजनिक गरेका हुन् । सार्वजनिक तस्बिरमा ६३ वर्षीय मदुरो ट्र्याक सुट लगाएको र एउटा प्लास्टिकको पानीको बोतल समातिरहेको अवस्थामा देखिएका छन् ।

Trump releases photo of President Maduroट्रम्पले भेनेजुएलामा सत्ताको सुरक्षित हस्तान्तरण नभएसम्म अमेरिकाले नै त्यहाँको शासन व्यवस्था सञ्चालन गर्ने बताएका छन् । साथै, उनले भेनेजुएलाको विशाल कच्चा तेल भण्डार उत्खननका लागि अमेरिकी तेल कम्पनीहरूलाई तत्काल अनुमति दिने घोषणासमेत गरेका छन् ।

न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले यसलाई एउटा 'शानदार अपरेसन' को संज्ञा दिएका छन् । पछि 'फक्स एन्ड फ्रेन्ड्स' सँगको कुराकानीमा उनले यस कारबाहीमा केही अमेरिकी सैनिक घाइते भए पनि कसैको ज्यान नगएको जानकारी दिए ।

विपक्षीको खुसी र अन्तर्राष्ट्रिय प्रतिक्रिया गत वर्षको नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माछाडोले यस घटनालाई 'स्वतन्त्रताको घडी' भन्दै स्वागत गरेकी छन् । उनले सन् २०२४ को चुनावका विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेज उरुतियालाई तत्काल राष्ट्रपतिको कार्यभार सम्हाल्न आह्वान गरेकी छन् ।

यता, भेनेजुएला सरकारले यसलाई वासिङ्टनको 'अत्यन्त गम्भीर सैन्य आक्रमण' भन्दै देशमा संकटकालको घोषणा गरेको छ ।

भेनेजुएलामा अमेरिकी आक्रमण र मदुरोको पक्राउलाई लिएर विश्व समुदाय विभाजित देखिएको छ । रुस र इरानले यस सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेका छन् । अमेरिकाका सहयोगी राष्ट्र फ्रान्स र युरोपेली संघ (ईयू) ले समेत यस कदमप्रति गम्भीर चिन्ता र संशय व्यक्त गरेका छन् ।

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully