भेनेजुएलामा डिल्सी रोड्रिग्वेज कार्यकारी राष्ट्रपति नियुक्त

अमेरिकी राष्ट्रपति ट्रम्पले यस आक्रमणपछि शान्ति कायम नभएसम्म भेनेजुएलाको शासनसत्ता अमेरिकाले नै सञ्चालन गर्ने दाबी गरेका थिए ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Dilsey Rodriguez appointed acting president of Venezuela

एजेन्सी — भेनेजुएलाको सर्वोच्च अदालतले शनिबार उपराष्ट्रपति डिल्सी रोड्रिग्वेजलाई कार्यकारी राष्ट्रपति तोकेको छ।

राष्ट्रपति निकोलास मदुरो अनुपस्थित रहेको अवस्थामा सरकार सञ्चालन गर्ने सम्पूर्ण अधिकार रोड्रिग्वेजलाई प्रदान गरिएको अदालतको फैसलामा उल्लेख छ।

यसअघि शनिबार नै राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो। हाल उनीहरूलाई अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिन हिरासत केन्द्रमा राखिएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस आक्रमणपछि शान्ति कायम नभएसम्म भेनेजुएलाको शासनसत्ता अमेरिकाले नै सञ्चालन गर्ने दाबी गरेका थिए । 

कान्तिपुर

Link copied successfully