सन् १९८६ मा आजकै दिन : बेलायती प्रधानमन्त्री पहिलो पटक इजरायलमा

जेष्ठ ११, २०८१

कान्तिपुर संवाददाता

On this day in 1986: British Prime Minister in Israel for the first time

काठमाडौँ — सन् १९८६ मा आजकै दिन (मे २४) मा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर इजरायल पुगेकी थिइन् । थ्याचर इजरायलको भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री हुन् । थ्याचरलाई इजरायलका प्रधानमन्त्री सिमोन पेरेजसहित मन्त्रिपरिषद्का सदस्यहरूले स्वागत गरेका थिए । 

भ्रमणका क्रममा दुई पक्षबीच शान्ति प्रक्रिया, आतंकवादविरुद्धको योजना, व्यापारलगायतका विषयमा कुराकानी भएको थियो । १९७९ को मे ३ मा कन्जरभेटिभ दलबाट प्रधानमन्त्रीमा निर्वाचित थ्याचरले बेलायतमा करिब ११ वर्ष शासन गरिन् । उनी युरोपकै पहिलो महिला सरकार प्रमुख हुन् ।

१९२५ मा इंग्ल्यान्डको ग्रानथाममा जन्मिएकी थ्याचर १९५९ मा सांसद भएकी थिइन् । उनी १९७० मा शिक्षा तथा विज्ञानमन्त्री बनिन् । १९७९ मा पहिलो पटक प्रधानमन्त्री भएकी उनी १९८३ मा दोस्रो कार्यकालका लागि चुनिइन् । १९८७ मा संकटमा परेको देशको अर्थतन्त्र सुधार गरेपछि उनी तेस्रो कार्यकाल प्रधानमन्त्री बनिन् । 

१९९० को नोभेम्बरमा जोन मेजर संसदीय नेतामा निर्वाचित भएपछि उनले १९९० को नोभेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । थ्याचरको ८७ वर्षको उमेरमा २०१३ अप्रिल ८ मा निधन भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully