कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सन् २०१९ मा आजकै दिन : भाजपालाई बहुमत 

काठमाडौँ — सन् २०१९ मा आजकै दिन (मे २३) मा भारतको तल्लो सदन लोकसभामा भारतीय जनता पार्टीले बहुमत प्राप्त गरेको थियो । भारतको १७ औं लोकसभा चुनाव २०१९ अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरिएको थियो ।

सन् २०१९ मा आजकै दिन : भाजपालाई बहुमत 

लोकसभाका ३०३ सिटमा विजयी भाजपाले ३७.३६ मत प्राप्त गरेको थियो । जुन १९८९ पछि भारतमा कुनै पनि राजनीतिक दलले प्राप्त गरेको सर्वाधिक मत हो । भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्सले ३५३ सिट ल्याएको थियो ।

विपक्षी दल इन्डियन नेसनल कंग्रेस मात्र ५२ सिटमा विजयी भएको थियो । कंग्रेसले १० प्रतिशत कम मत पाएका कारण विपक्षी दलको नेताको सुविधासमेत पाउन असफल भएको थियो । कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाएन्सले ९१ सिट ल्याएको थियो भने ९८ सिटमा अन्य पार्टीहरू विजयी भएका थिए । चुनावमा ९१ करोड २० लाख मतदातामध्ये ६७ प्रतिशतले मत खसालेका थिए ।

उक्त चुनावपछि नरेन्द्र मोदी पुनः प्रधानमन्त्री चयन भएका थिए । मोदी २०१४ मे २६ देखि लगातार भारतको प्रधानमन्त्री छन् । १९५० सेप्टेम्बर १७ मा जन्मिएका मोदीले भारतमा हाल भइरहेको चुनावमार्फत अर्को कार्यकाल ताकिरहेका छन् । भारतमा अप्रिल १९ मा सुरु भएको चुनाव जुन १ मा सकिँदै छ । प्रधानमन्त्री हुनुअघि मोदी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री भएका थिए ।


प्रकाशित : जेष्ठ १०, २०८१ ०६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?