सन् २०१३ मा आजकै दिन : थ्याचरको मृत्यु 

चैत्र २६, २०८०

कान्तिपुर संवाददाता

On this day in 2013: Thatcher's death

काठमाडौँ — सन् २०१३ मा आजकै दिन (अप्रिल ८) मा बेलायती पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरको मृत्यु भएको थियो । थ्याचर युरोपेली देशको पहिलो महिला सरकार प्रमुख हुन् । १९७९ मे ३ मा प्रधानमन्त्री बनेकी थ्याचरले बेलायतमा करिब ११ वर्ष शासन गरेकी थिइन् । 

१९२५ मा इंग्ल्यान्डको ग्रानथाममा जन्मिएकी थ्याचर १९५९ मा सांसद निर्वाचित भएकी थिइन् । १९७० मा शिक्षा तथा विज्ञानमन्त्री बनेकी थ्याचर १९७५ को फेब्रुअरीमा कन्जरभेटिभ दलको नेता बनेकी थिइन् । त्यसलगत्तै राष्ट्रिय उद्योग तथा स्रोतको निजीकरण र राष्ट्रिय हितका विषयमा स्पष्ट अडान राखेकी थिइन् ।

१९७८/७९ मा तलब वृद्धिको मागसहित मजदुरहरूले गरेको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री जेम्स कालाघानको सरकार ढलेपछि थ्याचर प्रधानमन्त्री भएकी थिइन् । उनी १९८३ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएकी थिइन् । १९८७ मा उनी तेस्रो कार्यकाल प्रधानमन्त्री बनेकी थिइन् । १९९० मा पार्टीको संसदीय नेताको प्रतिस्पर्धामा जोन मेजर निर्वाचित भएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully