सन्देशमूलक ‘स्वीकार’

चैत्र २६, २०८०

कान्तिपुर संवाददाता

Message ”Accept”

काठमाडौँ — नरेश प्रधान र बुनु श्रेष्ठको म्युजिक भिडियो ‘स्वीकार’ बजारमा आएको छ । आफ्ना बालबालिकामा देखिने अटिजमको अवस्थालाई समयमै स्वीकार गरेर उसको मौलिक क्षमता, विविधता र सीपलाई व्यावहारिक रूपमा बुझाउन र सिकाउन सकियो भने उनीहरूको दैनिक जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देशसहित म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

स्टुडियो साउन्ड मिल र अवानी फाउन्डेसनको संयुक्त आयोजनामा विश्व अटिजम दिवसको अवसर पारेर म्युजिक भिडियो सार्वजनिक गरिएको हो । अभियन्ता प्रधान र गायिका श्रेष्ठले केही वर्षदेखि गीत–संगीतका माध्यमबाट समाजमा सचेतना फैलाउँदै आएका छन् ।

‘स्वीकार’ मा पावका शर्माको गीत कन्सेप्ट, हरि लम्सालको संगीत संयोजन, पुष्पन प्रधानको स्वर रहनुका साथै महेश्वरमान राजभण्डारीले मिक्सिङको काम गरेका छन् । म्युजिक भिडियोमा बाल कलाकार शुभम बर्तौला, खगेन्द्र लामिछाने र मेनुका प्रधानले अभिनय गरेका छन् । अंशु बस्नेतको छायांकन रहेको गीतको निर्देशन लोकेश वज्राचार्यले गरेका हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully