सन् २०१६ मा आजकै दिन : ओबामाको क्युबा भ्रमण 

चैत्र ७, २०८०

कान्तिपुर संवाददाता

On this day in 2016: Obama's visit to Cuba

काठमाडौँ — सन् २०१६ मा आजकै दिन (मार्च २०) मा अमेरिकी राष्ट्रपति बाराक ओबामा ऐतिहासिक भ्रमणका क्रममा क्युबा पुगेका थिए । उनी १९२८ पछि क्युबा भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । 

ओबामा तीनदिने भ्रमणका लागि क्युबाको राजधानी हभाना पुगेका थिए । भ्रमण टोलीमा अमेरिकी नेता र व्यवसायीसहित कम्तीमा ८० सयदेखि १२ सय जना सहभागी थिए । क्युबामा १९५९ को क्रान्तिसँगै अमेरिकी समर्थनको सरकार अपदस्थ भएको थियो । 

उक्त घटनापछि दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण रहँदै आएको थियो । तर २०१४ मा ओबामा र क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोले दुई देशबीच सम्बन्ध सुधार गरेपछि भ्रमणका लागि बाटो खुलेको थियो । ओबामाको कार्यकालमा अमेरिका र क्युबाबीच व्यापारिक उडान तथा पानीजहाज सञ्चालन पुनः सुरु गरिएको हो ।

१९६१ अगस्ट ४ मा जन्मिएका ओबामा दुई कार्यकाल अमेरिकी राष्ट्रपति भएका थिए । उनले २००९ जनवरी २० देखि २०१७ जनवरी २० सम्म राष्ट्रपतिको पद सम्हालेका थिए ।

कान्तिपुर

Link copied successfully