कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सन् २०१३ मा आजकै दिन : चाभेजको मृत्यु

काठमाडौँ — सन् २०१३ मा आजकै दिन(मार्च ५) मा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको मृत्यु भएको थियो । चाभजेको क्यान्सरका कारण ५८ वर्षको उमेरमा निधन भएको थियो । १९५४ को जुलाई २८ मा जन्मिएका चाभेज १९९९ देखि २०१३ सम्म भेनेजुएलाका राष्ट्रपति थिए । 

सन् २०१३ मा आजकै दिन : चाभेजको मृत्यु

करिब २० वर्षको उमेरमै साइमोन बोलिभार (१७८३–१८३०) तथा साइमोन रुड्रिकोज (१७६९–१८५४) बाट प्रभावित चाभेज १८८१ मा सेनामा क्याप्टेन भएका थिए । १९९० को दशकमा उनले भेनेजुएलाको आर्थिक तथा सामाजिक विषमता तथा गरिबीबारे आवाज बुलन्द पारेका थिए । त्यसका साथै, उनले सरकारी भ्रष्टाचार तथा नातावादबारे भन्डाफोर गरे । १९९८ को अक्टोबरमा भएको चुनावमा उनी ५६.२ प्रतिशत मत ल्याएर पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । चाभेजले जनमत संग्रहमार्फत भेनेजुएलाको तत्कालीन संविधान परिवर्तन गरी समाजवाद लागू गरेका थिए । अमेरिकी साम्राज्यवादसँग कडा संघर्षमा उत्रिएका चाभेजले देशभित्रका उद्योग, कलकारखाना राष्ट्रियकरण गर्ने तथा किसान र मजदुर वर्गको जीवनस्तर उकास्ने उद्देश्यले समाजवाद लागू गरेका थिए ।

पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुँदासम्म भने चाभेज समाजवादको पक्षमा थिएनन् । तर प्रतिस्पर्धीहरूको प्रतिरोध र सरकारविरुद्ध आक्रमण हुन थालेपछि उनमा केही परिवर्तन भएको थियो । उनले औपचारिक रूपमा भने २००५ देखि समाजवादका बारेमा बोल्न थालेका थिए ।

प्रकाशित : फाल्गुन २२, २०८० ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×