कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सन् १९९८ मा आजकै दिन : टाइटानिकको रेकर्ड

काठमाडौँ — सन् १९९८ मा आजकै दिन (मार्च १) मा हलिउड फिल्म ‘टाइटानिक’ ले सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको थियो । यो एक अर्ब अमेरिकी डलरको व्यापार गर्ने पहिलो फिल्म हो ।

सन् १९९८ मा आजकै दिन : टाइटानिकको रेकर्ड

१९९७ को डिसेम्बर १९ मा रिलिज भएको फिल्म जेम्स क्यामरुनले निर्देशन गरेका हुन् । लियोनार्दो डिकाप्रिओ र केट विन्सलेटको मुख्य भूमिका रहेको फिल्मले १९९८ मा विभिन्न ११ विधामा अक्सर अवार्ड जितेको थियो । हालसम्म टाइटानिक, ‘बेन–हुर (१९५९)’ र ‘(द लर्ड अफ द रिङस् : द रिटर्न अफ द किङ (२००३) ले मात्र ११ विधामा अक्सर अवार्ड जितेका छन् ।

२० करोड अमेरिकी डलरको ‘टाइटानिक’ ले हालसम्म २ अर्ब १९ करोड अमेरिकी डलर कलेक्सन गरिसकेको छ । हलिउडमा हालसम्म टाइटानिकबाहेक पाँच फिल्मले मात्र २ अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार गर्न सफल भएका छन् । तीमध्ये ‘अवतार (२००९)’ शीर्षस्थानमा छ । क्यामरुनकै निर्देशनमा बनेको फिल्मले २ अर्ब ९२ करोड ३७ लाख अमेरिकी डलरको व्यापार गरेको थियो ।

त्यस्तै, ‘एभेन्जर्स : एन्डगेम (२०१९)’ ले २ अर्ब ७९ करोड ९४ लाख, ‘अवतार : द वे अफ वाटर (२०२२)’ ले २ अर्ब ३० करोड ६१ लाख, ‘स्टार वार्स : द फोर्स अवकेन्स (२०१५) ले २ अर्ब ७ करोड १३ लाख र ‘एभेन्जर्स : इन्फिनिटी वार (२०१८) ले २ अर्ब ५ करोड २४ लाख डलरको व्यापार गरेको छ ।

प्रकाशित : फाल्गुन १८, २०८० ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×