कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सन् १९९७ मा आजकै दिन : देङ सियाओ पिङको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९७ मा आजकै दिन (फेब्रुअरी १९) चिनियाँ कम्युनिस्ट नेता देङ सियाओ पिङको निधन भएको थियो । अन्तर्राष्ट्रिय व्यापारका लागि चीनलाई खुला गरेका देङले चिनियाँ अर्थतन्त्रलाई विकेन्द्रित गरेका थिए ।

सन् १९९७ मा आजकै दिन : देङ सियाओ पिङको मृत्यु

त्यसका साथै, उनले देशको आर्थिक सुधारका लागि आधुनिकीकरणका चार खम्बाका रूपमा कृषि, उद्योग, राष्ट्रिय सुरक्षा र विज्ञान र प्रविधिलाई अघि सारेका थिए ।

१९०४ को अगस्टमा चीनको सिचुआन प्रान्तमा जन्मिएका देङ अध्ययनका लागि फ्रान्स पुगेका थिए । १९२० देखि १९२६ सम्म उनी चार वर्ष फ्रान्स र सोभियत संघका कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए । त्यसपछि चीन फर्केका देङ १९२७ देखि १९४९ सम्म चिनियाँ गृहयुद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै, उनले १९३७ देखि १९४५ सम्म चलेको चीन र जापानबीचको दोस्रो युद्धसमेत लडेका थिए ।

१९७६ सेप्टेम्बरमा माओ त्से तुङको निधनपछि उनी पार्टीको नेता बन्न सफल भएका थिए । उनले माओका उत्तराधिकारी ठानिएका हुवा गुओफेङलाई पछि पार्न सफल भएका थिए । त्यसयता उनी १९९७ मा मृत्यु हुनुअघिसम्म चिनियाँ राजनीतिमा प्रभावशाली थिए ।

प्रकाशित : फाल्गुन ७, २०८० ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?