सन् २००२ मा आजकै दिन : सियरा लिओनमा गृहयुद्ध अन्त्य

माघ ४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २००२ मा आजकै दिन (जनवरी १८) मा अफ्रिकी देश सियरा लिओनमा गृहयुद्ध अन्त्य भएको थियो । १९९१ मार्च २३ देखि ११ वर्षसम्म चलेको गृहयुद्धका क्रममा कम्तीमा ५० हजार जनाको ज्यान गएको थियो । युद्धका कारण कम्तीमा दुई लाख विस्थापित र दशौं लाख प्रभावित भएका थिए ।

जोसेफ मोमोहको सरकारलाई विस्थापित गर्ने उद्देश्यले रेभोलुसनरी युनाइटेड फ्रन्ट (आरयूएफ) ले सियरा लिओनमा आक्रमण गरेपछि गृहयुद्ध सुरू भएको थियो ।आरयूएफलाई लाइबेरियाका तानाशाह चार्ल्स टेलरको नेशनल प्याट्रिओटिक फ्रन्ट अफ लाइबेरिया (एनपीएफएल) को विशेष फौजले सहयोग गरेको थियो ।

युद्धका क्रममा आरयूएफले सियरा लिओनको राजधानी फ्रिटाउनका साथै देशका पूर्वी र दक्षिणी क्षेत्रमा नियन्त्रण कायम गरेको थियो । तर संयुक्त राष्ट्रसंघीय फौज, बेलायती सेना र गिनीको हवाई समर्थनमा सियरा लिओनले आरयूएफलाई पराजित गर्दै फ्रिटाउनमाथि नियन्त्रण कायम गरेसँगै गृहयुद्ध अन्त्य भएको थियो । 

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully