कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

सन् १९७० मा आजकै दिन : लिबियामा गद्दाफी शासन

काठमाडौँ — सन् १९७० मा आजकै दिन (जनवरी १६) मा लिबियाको शासनसत्ता मुअम्मर गद्दाफीले नियन्त्रणमा लिएका थिए । राजा इद्रिस उपचारका लागि टर्की गएको मौका छोपेर गद्दाफी नेतृत्वको एक सैनिक समूहले रक्तपातविहीन ‘कू’ मार्फत सत्ताकब्जा गरेको थियो ।

सन् १९७० मा आजकै दिन : लिबियामा गद्दाफी शासन

१९४२ को जुन ७ मा जन्मिएका गद्दाफी १८ वर्षको उमेरमा सेनामा भर्ती भएका थिए । साम्यवाद र पुँजीवादलाई समायोजन गरेर आफ्नो छुट्टै दर्शन बनाएका गद्दाफीले आफू राजाहरूको पनि राजा भएको बताउँथे । क्रान्तिकारी राष्ट्रवादीको छविसँगै शासन सत्तामा पुगेका गद्दाफीले शासन शैलीकै कारण ‘सन्काहा’ र ‘बौलाहा’को विशेषण पाएका थिए ।

उनको शासनशैली मन नपराए पनि नागरिकहरू विरोधमा बोल्न डराउँथे । तर २०११ को सुरुआतमा ट्युनिसिया र इजिप्टमा भएका सरकारविरोधी प्रदर्शनपछि भने लिवियाली नागरिक सडकमा उत्रिएका थिए । त्यसको ६ महिनामै सत्ता छाडेर भाग्न बाध्य भएका गद्दाफी दुई महिनापछि मारिएका थिए ।

विद्रोही फौजले लिबियाको राजधानी त्रिपोलीस्थित उनको घर नियन्त्रणमा लिएसँगै उनको चार दशक लामो शासन २०११ को अगस्ट २३ मा अन्त्य भएको थियो । त्यसपछि फरार उनी करिब दुई महिनापछि गृहनगर सिर्तमा भएको युद्धमा मारिएका थिए । २०११ को अक्टोबरमा नेटो र राष्ट्रिय अन्तरिम परिषद्का सेनाले सहरमा गरेको आक्रमणमा उनी मारिएका थिए ।

प्रकाशित : माघ २, २०८० १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?