सन् १९७३ मा आजकै दिन : सिड्नी ओपेरा हाउसको उद्घाटन

कार्तिक ३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — अस्ट्रेलिया भन्नेबित्तिकै सबैको मानसपटलमा आइहाल्छ सेतो चम्किलो पाल आकारमा छानो लगाइएको सिड्नी ओपेरा हाउस ।

 ‘मल्टी—भेन्यु’ प्रदर्शन कला केन्द्रले प्रसिद्ध यस भवनको आज ५० औं वार्षिकोत्सव हो । सन् १९७३ अक्टोबर २० मा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयद्वारा भवनको भव्य उद्घाटन गरिएको थियो ।

यो विश्वमै सबैभन्दा धेरै तस्बिर खिचिने भवनहरू मध्येमा पर्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । भवनलाई २० औं शताब्दीको उत्कृष्ट वास्तुशिल्प कार्यसमेत भनिन्छ ।

यसको डिजाइन डेनिस वास्तुकार जोर्न उट्जोनले गरेका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully