६९ वर्षअघि आजकै दिन : चोयु हिमालमा पहिलो आरोहण

काठमाडौँ — ६९ वर्षअघि आजकै दिन (सन् १९५४ अक्टोबर १९ मा) अस्ट्रियन नागरिक हबर्ट टिची, सेप जोचल्र र नेपाली पर्वतारोही पासाङ दावा लामाले चोयु हिमालको पहिलो सफल आरोहण गरेका थिए ।

उनीहरू सेप्टेम्बर २ मा आरोहणका लागि काठमाडौंबाट नाम्चे हुँदै चोयु गएका थिए । अक्टोबर १९ को बिहान ६ बजे क्याम्प–४ देखि आरोहण सुरुवात गरेर दिउँसो तीन बजे चोयु शिखर चुमेका थिए ।
लेखक, भूगर्भविद् एवम् पत्रकारसमेत रहेका हबर्टले सन् १९५५ मा आरोहण कथा समेटिएको ‘चोयु : बाई फेवर अफ द गड्स’ पुस्तक पनि लेखे । यसअघि सन् १९५२ मा ब्रिटिस आरोहण दलले चोयु आरोहणको पहिलो प्रयास गरेको थियो । तर, सफल भएन । नेपालको सोलुखुम्बु जिल्ला र चीनको तिब्बत सिमानामा पर्ने ८,२०१ मिटर उचाइको यो हिमाल विश्वकै छैटौं अग्लो हिमाल हो । तिब्बती भाषामा चोयुको अर्थ ‘फिरोजा देवी’ भनिन्छ । फिरोजा भनेको हरियो, नीलो रङको बहुमूल्य रत्न हो ।
प्रकाशित : कार्तिक २, २०८० ०७:१६