९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

सन् २००७ मा आजकै दिन : बेनजिर भुट्टो स्वदेश फिर्ता 

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २००७ मा आजकै दिन (अक्टोबर १८) मा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो स्वदेश फर्किएकी थिइन् । भुट्टो आठ वर्ष लामो स्वैच्छिक अवकाशपछि देश फर्किएकी थिइन् । 

सन् २००७ मा आजकै दिन : बेनजिर भुट्टो स्वदेश फिर्ता 

आधुनिक युगमा उनी मुस्लिम देशकी पहिलो महिला प्रधानमन्त्री हुन् । उनी १९८८ देखि १९९० र १९९३ देखि १९९६ सम्म दुई पटक पाकिस्तानको प्रधानमन्त्री थिइन् ।

भुट्टोले हार्वार्ड तथा अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । उनका पिता जुल्फिकर अलि भुट्टो पनि १९७१ देखि १९७७ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए ।

१९५३ को जुन २१ मा कराँचीमा जन्मिएकी भुट्टो २००७ डिसेम्बर २७ मा रावलपिन्डीमा गराइएको आत्मघाती बम आक्रमणमा मारिएकी थिइन् ।

प्रकाशित : कार्तिक १, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?