सन् १९४८ मा आजकै दिन : होन्डाको स्थापना

आश्विन ७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९४८ मा आजकै दिन (सेप्टेम्बर २४) मा मोटर कम्पनी होन्डाको स्थापना भएको थियो । जापानी इन्जिनियर सोइचिरो होन्डाले स्थापना गरेको कम्पनीले हाल दुई र चारपांग्रे सवारीसाधन उत्पादन गर्छ ।

१९५९ यता होन्डा कम्पनीले उत्पादन गरेका मोटरसाइकल विश्वमा सर्वाधिक बिक्री हुन्छन् । त्यसका साथै कम्पनीले उत्पादन गर्ने चारपांग्रे गाडी पनि विश्वमै बढी बिक्री हुनेमध्येमा पर्छन् । 

सोइचिरोले कम्बस्टन इन्जिन विकसित गर्न १९४६ मा हामामात्सुनजिकै होन्डा टेक्निकल इन्स्टिच्युट स्थापना गरेका थिए । त्यसको दुई वर्षपछि मोटर कम्पनीका रूपमा स्थापित होन्डाले १९४९ देखि मोटरसाइकल स्थापना गर्न सुरु गरेको हो । १९५३ देखि सानो इन्जिनका मोटरसाइकल उत्पादन थालेको कम्पनी १९५९ देखि अमेरिकामा समेत विस्तार भएको थियो । 

होन्डाले १९६९ मा विकसित गरेको ७५० सीसी इन्जिन, इलेक्ट्रिक स्टार्ट र डिस्क ब्रेकसहित ‘सीबी–७५०’ मोटरसाइकल विश्वकै पहिलो सुपरबाइक हो । कम्पनीले चारपांग्रे गाडी भने १९६३ देखि उत्पादन गर्न सुरु गरेको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully