रामबाबु–ज्ञानु पुरस्कार चार संस्थालाई

आश्विन ७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार सुर्खेतको वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रम केन्द्रले पाएको छ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले शनिबार आयोजित कार्यक्रममा २ लाख राशिको पुरस्कारबाट वृद्धाश्रमलाई पुरस्कृत गरेको हो । प्रशान्ति वृद्धाश्रमले लामो समयदेखि ज्येष्ठ नागरिकलाई आश्रय, भोजन तथा स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।

कार्यक्रमलाई वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोरलाई सम्मानित गरिएको थियो । यस्तै, १–१ लाख राशिका रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट अन्य ३ संस्था पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा काठमाडौंको तारकेश्वर–७ स्थित नवजीवन परोपकार समाज, तारकेश्वर–३ को मातृ नेपाल अपांग संघद्वारा सञ्चालित बालगृह र कैलालीको धनगढी–१ स्थित दृष्टि फाउन्डेसन छन् । ज्येष्ठ नागरिक अभियन्ता गौरीशंकरलाल दासले पुरस्कार प्रदान गरे ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully