आजकै दिन : ओपेकको स्थापना

भाद्र २८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६० मा आजकै दिन (सेप्टेम्बर १४) मा तेल निर्यात गर्ने देशहरूको संगठन ओपेक स्थापना भएको थियो । १९६० को सेप्टेम्बर १० देखि १४ सम्म इराकको राजधानी बग्दादमा भएको सम्मेलनमा सहभागी विभिन्न पाँच राष्ट्रले अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपर्टिङ कन्ट्रिज (ओपेक) स्थापना गरेका थिए ।

विश्व बजारमा पेट्रोलियम पदार्थको माग र निर्यात नियन्त्रण/नियमन गर्ने तथा मूल्य निर्धारण गर्ने उद्देश्यले ओपेकको स्थापना गरिएको हो । 

इराक, इरान, कुवेत, साउदी अरब र भेनेजुएला ओपेकका संस्थापक हुन् । संस्थापक राष्ट्रसहित अल्जेरिया, अंगोला, कंगो, इक्वेटोरियल गिनी, ग्याबोन, लिबिया, नाइजेरिया र संयुक्त अरब इमिरेट्स हाल संगठनका सदस्य छन् । ओपेकका सदस्यहरू विश्वमा तेल निर्यात गर्ने प्रमुख १३ देश हुन् । 

१९९२ को डिसेम्बरमा आफ्नो सदस्यता निलम्बन गरेको इक्वेडर २००७ मा ओपेकमा सामेल भएको थियो । तर, उसले फेरि २००७ को जनवरीदेखि लागू हुने गरी अलग भएको हो । २००९ मा निलम्बन गरेको सदस्यता इन्डोनेसियाले २०१६ को जनवरीमा सक्रिय बनाएको भए पनि सोही वर्षको नोभेम्बर ३० यता पुनः निष्क्रिय छ । त्यस्तै, अर्को सदस्य राष्ट्र कतार २०१९ को जनवरी १ देखि संगठनबाट अलग भएको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully