सेनामा कार्यरत गिरीलाई गिनिज प्रमाणपत्र

भाद्र २७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनामा कार्यरत हरिचन्द्र गिरीले संसारमै ‘सबैभन्दा छोटो समयमा भ‍र्‍याङका खुड्किला हातले टेकेर ओर्लिने’ शीर्षकमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।

यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३० दशमलव ८ सेकेन्डमा गिनिज वर्ल्ड रेकर्डमा यही विधामा नाम लेखाएका थिए । 

केन्नीको रेकर्ड तोड्दै दाङ स्थायी घर भएका गिरीले २५ दशमलव ०३ सेकेन्डमै नयाँ विश्व रेकर्ड राख्न सफल भएका हुन् । उनले बुढानीलकण्ठको जाम्चेन विजय स्तूपामा रहेको  भ‍र्‍याङका ७५ खुड्किला हातले टेक्दै २५ दशमलव ३ सेकेन्डमै ओर्लिएका थिए । गिनिज रेकर्डका लागि उनले ०७९ फागुन २८ गते जाम्चेन स्तूपाका भ‍र्‍याङका खुड्किला हातले टेकेर ओर्लिएका थिए ।

उनले यसअघि तीन वटा शीर्षकमा गिनिज प्रमाणपत्र लिइसकेका छन् । खुट्टाको बिचमा बल अड्याएर हातले टेकेर हिँड्ने शीर्षकमा उनले ४ दशमवल ४९ सेकेन्डमा १० मिटर पार गरेको थिए । यही शीर्षकमा उनले ५० मिटर दुरी २५ दशमलव ५८ सेकेन्डमा पार गरेर दोस्रो रेकर्ड राखेका थिए । त्यस्तै भ‍र्‍याङका खुड्किला हातले टेक्दै ओर्लिने शीर्षकमा १२ दशमलव ६५ सेकेन्डमा ५० खुड्किला पारेर गरेर तेस्रो स्थानको विश्व रेकर्ड राख्न सफल भएका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully