आजकै दिन : गुगलको स्थापना

भाद्र १८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९८ मा आजकै दिन (सेप्टेम्बर ४) मा चर्चित सर्च इन्जिन गुगलको स्थापना भएको थियो । नयाँ–नयाँ सूचना खोजीको पर्याय बनेको इन्टरनेट कम्पनी गुगललाई ल्यारी पेज र सर्जी ब्रिनले विश्वव्यापी वेबका रूपमा पहिलो पटक विकसित गरेका थिए ।

स्टानफोर्ड विश्वविद्यालयमा विद्यार्थी रहेका बेला नै ल्यारी र सर्जीले गुगललाई अनुसन्धान परियोजनाका रूपमा प्रयोग गरेका थिए । स्थापनाकालदेखि २०१५ सम्म सहसंस्थापक ल्यारीले गुगलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका थिए । सन् २०१५ अक्टोबर २ यता भने सुन्दर पिचाई गुगलको सीईओ छन् । स्थापनाका पहिला ७ वर्ष सेप्टेम्बर ४ लाई स्थापना दिवस मनाएको कम्पनीले त्यसपछि भने स्थापना दिवस सेप्टेम्बर २७ मा मनाउँदै आइरहेको छ । 

हाल गुगलका सर्चइन्जिनसहित कम्तीमा २७१ वटा विभिन्न उत्पादन छन् । तीमध्ये गुगल क्रोम, जिमेल, एन्ड्रोइड, गुगल म्याप, युट्युब, गुगल फोटोज, गुगल ड्राइभ, गुगल एड्स, गुगल डकुमेन्ट, गुगल ट्रान्सलेट, गुगल एनालिटिक्स, गुगल न्युज, गुगल बुक्स, नेस्टलगायत लोकप्रिय छन् । सर्च इन्जिनका रूपमा गुगलले कुल बजारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully