आजकै दिन : ‘भाइकिङ–१’ प्रक्षेपण

भाद्र ३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९७५ मा आजकै दिन (अगस्ट १९) मा अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगलग्रहको अध्ययनका लागि ‘भाइकिङ–१’ प्रक्षेपण गरेको थियो । टाइटानमार्फत प्रक्षेपण गरिएको यानले १९७६ को जुलाई २० मंगल ग्रहको सतहमा पुगेको थियो । 

भाइकिङ–१ मंगल ग्रहमा अवतरण गर्ने पहिलो अमेरिकी यान हो । नासाले १९७५ सेप्टेम्बर ९ मा ‘भाइकिङ–२’ यान प्रक्षेपण गरेको थियो । ती यानले मंगल ग्रहमा हावाको उपस्थितिको संकेत दिएका थिए । त्यसअघि सोभियत संघले १९७१ डिसेम्बर २ मा पहिलो पटक मंगलग्रहको सतहमा ‘मार्स ३’ अवतरण गराएको थियो । 

पछिल्लो समय भने मंगल ग्रहको अध्ययन/अनुसन्धानका लागि यानहरू प्रक्षेपण गर्ने होडबाजी नै चलेको छ । हालसम्म अमेरिका, चीन, रुस, युरोपेली संघ, भारत र यूएईका यान मंगल ग्रहमा अवतरण भइसकेका छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully