काठमाडौँ — सन् २००२ मा आजकै दिन (अगस्ट ११) मा यूएस एयरवेजले टाट पल्टेको घोषणा गरेको थियो । अमेरिकामा २००१ को सेप्टेम्बर ११ मा भएको घटनाका कारण निकै प्रभावित एयरवेज टाट पल्टेको हो ।
घटनापछि वासिङ्टनस्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय विमानस्थल लामो समयसम्म बन्द रहेका कारण पनि एयरवेजले आर्थिक रूपमा ठूलो घाटो व्यहोर्नुपरेको थियो । उक्त विमानस्थलमा एयरवेजको प्रमुख केन्द्र रहेको थियो । टाट पल्टन नदिन एयरवेजले माथिल्लो तहका कर्मचारीको सेवा सुविधा २० प्रतिशतले कटौती गरे पनि त्यो असफल भएको थियो । २०१३ मा यूएस एयरवेज अमेरिकन एयरलाइन्ससँग मर्ज भएको थियो ।
अमेरिकाका दुई पुराना विमान सेवा प्रदायकको मर्जरसँगै बनेको अमेरिकन एयरलाइन्स त्यतिबेला विश्वकै ठूलो विमान सेवा कम्पनी बनेको थियो । अमेरिकन एयरलाइन्स १९२६ र यूएस एयरवेज १९३७ मा स्थापना भएका थिए ।
