आजकै दिन : गोर्बाचेभलाई नोबेल पुरस्कार प्रदान


काठमाडौँ — सन् १९९१ मा आजकै दिन (जुन ५) मा मिखाइल गोर्बाचेभलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । सोभियत संघका आठौं तथा अन्तिम नेता गोर्बाचेभले शीतयुद्धको अन्त्य गरेका थिए ।


‘पूर्व र पश्चिमबीचको सम्बन्धमा नाटकीय रूपमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको’ भन्दै नोबेल समितिले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएको थियो ।
उनले सन् १९८५ देखि सन् १९९१ सम्म नेतृत्वमा रहेका गोर्बाचेभले सोभियत संघलाई विश्वका लागि खुल्ला गरेर सुधारको सुरुवात आफैंबाट सुरु गरेका थिए । उनले जोसेफ स्टालिनको नीतिबाट पछि हट्दै शान्तिपूर्ण रूपमा शीतयुद्ध अन्त्य गरेका थिए ।
गोर्बाचेभले अघि सारेको ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (परिवर्तन) को अवधारणा पश्चिमा देशले मन पराएका थिए । तर उनको नीतिकै कारण सोभियत संघको पतनसँगै आधुनिक रुसलगायत १५ देशको उदय भएको थियो । त्यसलाई गोर्बाचेभको ‘राजनीतिक मृत्यु’ का रूपमा हेरिन्छ । १९३१ को मार्च २ मा जन्मिएका गोर्बाचेभको २०२२ को अगस्ट ३० मा निधन भएको थियो ।
प्रकाशित : जेष्ठ २२, २०८० ०७:१३